Powered by Blogger.
शिक्षामा हरिहरपुरगढी सरकार

शैक्षिक गुणस्तर सुधार सँगै भौतिक पुर्वाधार निर्माणमा जुट्दै 

सिन्धुली, ३ मंसीर । राष्ट्रिय जनगणना २०७८ को तथ्याकं अनुसार हरिहरपुरगढी गाउँपालिकाको जनसंख्या २६,५०५ र साक्षरता दर ६७.४५ रहेको छ । साक्षरता भनेको व्यक्तिको त्यो क्षमता हो जसले आफ्नो परिवेश अनुसार समस्याको पहिचान गर्ने, बुझ्ने, व्याख्या गर्ने, समस्या समाधानका उपाय सिर्जना गर्ने कार्य गर्न सक्छ ।

शिक्षा जीवनको आधार हो र यो ज्ञान, सीप र क्षमता प्राप्तिको माध्यम पनि हो । यी ज्ञान, सीप र क्षमता वृद्दिको लागि पढ्नु पर्छ वा साक्षर हुनुपर्छ । किनभने शिक्षाको ज्योतिले नै सुखी र समृद्द जीवनको परिकल्पना गर्न सकिन्छ । साक्षरताले नयाँ कुरा जान्ने, सिक्ने र सिकाउन उत्सुक तथा तत्पर गराउँछ । मानिसको उपलब्धीहरुको चाङमा शिक्षाको योगदान नै उत्कृष्ट मानिन्छ ।

हरेक समाजलाई सञ्चालन गर्ने तत्वहरुमा शिक्षा नै विकास र परिवर्तनको प्रमुख कारक तत्व हो। असल शिक्षाले नै असल मानवीय भावना र असल संस्कारको सामर्थ्य राख्दछ । किनभने जब शिक्षा कमजोर हुन्छ, तब देश नै कमजोर हुन्छ । शिक्षालाई युग अनुकूल, समयसापेक्ष र सान्दर्भिकताको आधारमा परिवर्तन गरिन्छ । जीवनपर्यन्त सिकाइका लागि साक्षरता नै पहिलो खुड्किलो मान्न सकिन्छ । जब मानिस साक्षर हुन्छ तब उसले आफूलाई चाहिने ज्ञान, सीप अभिवृद्धि गर्ने कोसिस गर्छ ।

यी बिषयलाई गम्भीरताका साथ बुझेको हरिहरपुरगढी सरकारले आफ्नो निती तथा कार्यक्रममा शिक्षालाई नै प्रमुख प्राथामिकतामा राख्दै “समृद्ध हरिहरपुरगढीको आधार, शिक्षा, कृषि, बन, पर्यटन र पुर्वाधार” भन्ने रणनैतिक नारा तय गरेको छ र सोहि नारा बमोजिम आफ्ना कार्यक्रमहरुलाई सञ्चालन गरिरहेको छ । 

२०७२ को भुकम्प पछि  जिल्लामा ३ सय ९२ वटा विद्यालयका नयाँ विद्यालय भवन निर्माण भएका छन । एडिबीको ऋण सहयोग र नेपाल सरकारको अनुदानमा जिल्लाका ४१ ओटा विद्यालयमा सुविधा सम्पनन् विद्यालय भवन निर्माण भएका थिए । निर्माण भएका ति भवनहरु मध्ये दर्जनौं भवनहरु हरिहरपुरगढी गाउँपालिकामा पनि छन । त्यस बाहेक केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारकै लगानीमा दर्जनौं विद्यालयका भौतिक संरचनाहरु निर्माण गरिएको छ । 

हरिहरपुरगढी गाउँपालिकामा ८ वटा माध्यमिक विद्यालय सहित निमाबि, प्रावि र बालविकास केन्द्र सहित ५६ वटा विद्यालय सञ्चालनमा रहेका छन । ति विद्यालयहर मध्ये २ वटा आवासीय विद्यालयलाई गाउँपालिकाले नमुना विद्यालयको रुपमा सञ्चालन गरिरहेको छ । भने अन्य विद्यालयहरुलाई पनि शैक्षिक सुधार सँगै भौतिक पुर्वाधार विकासलाई प्राथामिकतामा राखेर काम गरिरहेको छ । 

हरिहरपुरगढी गाउँपालिकाले सामुदायीक शिक्षाको सुधार तथा गुणस्तर बृद्धिका लागी विद्यालय शिक्षक, कर्मचारीहरुको ब्यवस्थापन, विद्यालय शिक्षक अनुदान, स्कुल बस सञ्चालन, दिवा खाजा कार्यक्रम, शिक्षक विद्यार्थी अनुपात तथा नक्साकंनको आधारमा विद्यालय मर्ज, माथिल्लो कक्षामा शिक्षण सिकाईलाई प्रभावकारी बनाउन अतिरिक्त कक्षा सञ्चालन, पालिका स्तर तथा जिल्ला स्तरको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विषय शिक्षकलाई पुरस्कार र सम्मानका कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । 


सामुदायीक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागी समुदायलाई नै सहभागी र जिम्मेवार बनाउन सामुदायीक विद्यालय समुदायले नै सुधारौं भन्ने अभियान सञ्चालन गरिरहेको छ । अति कमजोर शैक्षिक पुर्वाधार भएका विद्यालयहरुको भौतिक सुदृढिकरण गर्ने निती अनुसार सोमबार हरिहरपुरगढी गाउँपालिका वडा नं.१ गुर्जिडाडामा निर्मित एक विद्यालय भवनको उदघाटन गरिएको छ । 

नेकपा(माओवादी) ले सञ्चालन गरेको १० बर्षे शसस्त्र द्धन्द्धको क्रममा शहादत प्राप्त गर्ने कालीमायाँ रुम्बा(सम्झना)को स्मृतिमा २०५९ सालमा स्थापना गरिएको उक्त विद्यालय २२ बर्ष देखी टहरामै सञ्चालित थियो । लामो समय पछि सुविधा सम्पनन् विद्यालय भवन पाएपछि त्यहाँका विद्यार्थी तथा अभिभावकमा खुसी छाएको विद्यालयका प्रधानाध्यापक गोमदेव घिसिङ्गले बताउनुभयो । विद्यालय भवन निर्माणका लागी स्थानीय राम बहादुर पाख्रीन सहित ४ जनाले जग्गा दान गर्नुभएको थियो । अधिकासं तामाङ्ग समुदायको बसोबास रहेको उक्त क्षेत्रमा ५३ जना तामाङ्ग विद्यार्थीहरु नै अध्यनरत रहेका छन । 

संघीय सरकार विशेष अनुदान मार्फत कुल ३४ लाख ३७ हजार ८ सय ८० रुपैयाँमा निर्माण गरिएको विद्यालय भवनको निर्माण कुण्डलिनी कन्ट्रक्सन एण्ड सप्लासर्यले गरेको हो । ४ कोठे पक्की भवनको समुदघाटन हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवाको उपस्थितीमा माननीय लेखनाथ दाहालले गर्नुभएको हो । भवनको उदघाटनमा विद्यालयको भौतिक प्रगति सँगै शैक्षिक प्रगतिको लागी समुदाय नै जागरुक हुनुपर्नेमा अतिथीहरुको जोड रहेको थियो भने थप शिक्षक तथा कर्मचारी जनशक्ति उपलब्ध गराउन पालिका सरकारले सहयोग गर्नुपर्ने अभिभावकहरुले माग गरेका थिए । 





, ,

0 comments

Write Down Your Responses