संघीयताले ग्रामीण क्षेत्रमा पुयाएको बिकास
हरिहरपुरगढी ४ मंसीर । जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नं.–५ धनमनाखोलाका स्थानीय बासीहरु मङ्गलबार निक्कै खुसी देखिन्थे । बिगत १५ बर्ष देखी टहरोमा बसेर पढ्नु पर्ने आफ्ना बालवच्चाहरुले नयाँ पक्की भवन पाएका थिए ।
मङ्गलबार त्यहि नयाँ भवनको उदघाटन समारोह थियो । उदघाटन समारोहमा पुगेका माननीय देखी गाउँपालिका अध्यक्ष,उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, दलका नेता तथा पत्रकारहरुलाई स्थानीयहरुले फुलमाला सहित स्वागत गरेका थिए ।
तामाङ्ग समुदायको बसोबास रहेको धनमनाखोलाका स्थानीयहरुले लोकतन्त्र आएको झण्डै दुई दशक पछि सडक, बिजुली, शिक्षा, खानेपानी लगायतको विकासलाई भरखर भरखर नजिकबाट स्पर्श गर्ने मौका पाईरहेका छन । गाउँमा पुगेको कच्ची सडक, बिजुली सँगै पुगेको इन्टरनेट सेवा, अनि नयाँ बनेको विद्यालय भवन जस्ता विकासले उनीहरुको मुहारमा खुसी छाएको देखिन्थ्यो ।
नेपालमा संघीयताले विकासका पुर्वाधारहरुलाई धनमनाखोला जस्तै पछि परेका स्थानहरुमा सहज हिसाबले पुर्याइरहेको छ भन्ने उदाहरण पनि हो । धनमनाखोलाको विकासले फड्को मारिरहेको दृश्य । संघीय सरकार विशेष अनुदान अन्र्तगत हरिहरपुरगढी गाउँपालिकाले ३५ लाख १५ हजार लगानीमा निर्माण गरेको चार कोठे पक्की भवनले त्यस क्षेत्रका स्थानीयहरुलाई नयाँ खुसीको सञ्चार गरेको छ ।
बालकल्याण प्रावि धनमनाखोला विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर घिसिङ्गले स्थानीय सरकार बनेपछि बल्ल विकासलाई धनमनाबासीले स्पर्श गर्न पाएको बताउँदै भन्नुभयो, “बल्ल हामीले बिकासका पुर्वाधारहरु निर्माणमा सरकारको साथ पाएका छौं, ओझेलमा परेका ठाउँहरु पनि विस्तारै विकास हुँदैछ ।” सरकारले बास्तममै गरिबहरुकै पक्षमा काम गर्ने रैछ भन्ने विश्वास धनमनाखोलाबासीहरुमा जाग्दै गएको अध्यक्ष घिसिङ्गले बताउनुभयो ।
बाल विकास केन्द्र देखी कक्षा ३ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा तामाङ्ग समुदायका ५९ जना विद्यार्थीहरु अध्यन गरिरहेका छन । यस वर्ष मात्रै विद्यालयले १ जना प्राविको शिक्षक दरबन्दी पाएको छ भने बाल विकास सहजकर्ताकै भरमा विगत १५ बर्ष देखी विद्यालय सञ्चालन भईरहेको थियो ।
१५ बर्ष पछि पाएको खुसीमा उद्धेलित हुँदै धनमनाबासीले मङ्गलबार नयाँ आशा अनि सपना पनि बुनेर घर फकिएका छन । उदघाटन समारोहमा मनतब्य ब्यक्त गर्ने अतिथीहरुले बाडेका आशा र त्यो आशालाई ब्यवाहारमा उतार्ने अभिलासा झन झन गहिरो बन्दै गएको छ धनमनाबासीहरुको ।
विद्यालय भवन उदघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवाले स्थानीय सरकारले पालिका भरिनै शिक्षाको गुणस्तर र भौतिक पुर्वाधार विकासलाई पहिलो प्राथामिकतामा राखेको बताउँदै विद्यालयको लागी आवश्यक अन्य भौतिक पुर्वाधार तथा विद्यालय कर्मचारीको ब्यवस्थापन पनि चाडै गर्ने बचनबद्धता पाएपछि स्थानीयहरुमा झन बढि खुसी छाएको छ । अध्यक्ष वाईवाले स्थानीय सरकारले आफ्नो साधन, श्रोत र क्षमताले भ्याय सम्म निरन्तर प्रयास गरिरहेको बताउँदै चालु आर्थिक वर्षमा पनि थुप्रै विद्यालय भवन निर्माण हुने जानकारी दिनुभयो ।
कक्षा ३ सम्म सञ्चालनमा रहेको विद्यालयमा अध्यन गरिरहेका विद्यार्थीहरु माथिल्लो कक्षामा गएपछि झण्डै १ घण्टाको बाटो हिडेर थप कक्षा पढ्न अर्को विद्यालय जानुपर्ने बाध्यता पनि त्यस क्षेत्रका अभिभावकहरुको अर्को ठुलो समस्या छ । त्यसैले अभिभावकहरुले बर्षेनी कक्षा थप गर्दै लान पनि स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन ।
विद्यालय भवन उदघाटन समारोहमा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै सिन्धुली क्षेत्र नं.२ का संघीय सांसद लेखनाथ दाहालले शिक्षामा पुर्वाधार विकाससँगै शैक्षिक गुणस्तर बृद्धि गर्दै लैजाने र प्राविधिक, ब्यवसायीक र उत्पादनमुखी शिक्षामा राज्यले लगानी गरिरहेको र त्यसतर्फ लाग्न आवश्यक रहेको बताउनुभयो ।
गत आर्थिक वर्षमा निर्माण भएका आधा दर्जन विद्यालय भवन उदघाटन भईरहेको र चालु आर्थिक वर्षमा पनि झण्डै १ दर्जन विद्यालय भवन शिलान्यासको चरणमा रहेको हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकाराले बताउनुभयो ।
विद्यालयको भौतिक पुर्वाधार विकाससँगै समुदायलाई अझ बढि जागरुक बनाउने र सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर, शिक्षक दरबन्दीको ब्यवस्थापन, समय अनुकुल पाठयक्रमको विकास गर्दै लान सकेमा सरकारको शिक्षामा लगानी फलदायी हुन शिक्षाबिदहरु बताउछन ।
0 comments
Write Down Your Responses