Powered by Blogger.
उत्कृष्ट बन समुह सम्मानित


सिन्धुली, २५ साउन । बन डिभिजन कार्यालय सिन्धुलीले सामुदायीक बन दिवसकाे अबसर पारेर आर्थिक बर्ष २०८१/०८२ मा उत्कृष्ट कार्य गर्ने सामुदायीक तथा कबुलियती बन समुहलाई सम्मान सहित नगद र प्रशंसा पत्र प्रदान गरेकाे छ । 

बन डिभिजन कार्यालय सिन्धुली अन्तर्गत रहेका ३१६ सामुदायीक बन र २१८ कबुलियति बन समूह मध्ये उत्कृष्ट ३/३ वटा समुहलाई नगद पुरस्कार र प्रशंसा पत्र सहित सम्मान गरेकाे हाे । 

कार्यक्रमकै अबसरमा सामुदायीक बन तर्फ बागमति प्रदेशमै द्वितीय हुन सफल दक्षिणकाली सामुदायीक बन उपभाेक्ता समूह, कमलामाई नगरपालिका-५ लाई पनि सम्मानपत्र प्रदान गरिएकाे छ । 

सामुदायीक बन समुह तर्फ प्रथम- गागनखाेला सामुदायीक बन उपभाेक्ता समूह दुधाैली-२(नगद-२२५००) दितिय- सिन्दुरेटार सामुदायीक बन उपभाेक्ता समूह

कमलामाई-८(नगद-१२५००) तृतिय- ज्वालामुखी सामुदायीक बन उपभाेक्ता समूह कमलामाई-७ (नगद-१०५००) रहेका छन । 


त्यस्तै कबुलियती बन समूह तर्फ प्रथम- कटुवा ढुंगा कबुलियति  बन समूह तिनपाटन-११(नगद-२२५००), दितिय- हरियाली कबुलीयति बन समूह, फिक्कल -१(नगद-१२५००), तृतिय- लालिगुरास कबुलियती बन समूह कमलामाई (नगद-१०५००) रहेका छन । 

बन बिकास, संरक्षण र उपयाेगमा समुहले देखाएकाे सहभागीता र क्रियाशिलताकाे आधारमा मुल्याङकन गरि पुरस्कृत गरिएकाे बन डिभिजन कार्यालय प्रमुख राजकुमार राजभण्डारीले बताउनुभयाे ।


, ,

0 comments

Write Down Your Responses