वन संरक्षण, उपयाेग तथा व्यवस्थापन प्रति उपभाेक्ताहरूको चासो र सहभागिता बढाउने उद्देश्यले आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानीय समुदाय, विभिन्न संघसंस्था तथा जनप्रतिनिधिहरूकाे उपस्थिति रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथीकाे रूपमा बाेल्दै जिल्ला समन्यव समिति सिन्धुलीका प्रमुख कार्साङ लामाले दिगाे बन ब्यवस्थापन कार्ययाेजना बारे उपभाेक्ताहरू अझै अनभिज्ञ रहेका कारण समस्या भाेग्न बाध्य हुनुपरेकाे बताउँदै बन समितिलाई प्राप्त अधिकारकाे कार्यान्वयनका लागि उपभाेक्ताहरूलाई शिक्षित बनाउन जरूरी रहेकाेमा जाेड दिनुभयाे । उहाँले भन्नुभयाे, `बन समितिलाई आफ्नाे काम, कर्तब्य र अधिकारकाे ब्यवस्थापनमा ध्यान दिन जरूरी छ । तल्लाे तहका कर्मचारीका कारण उपभाेक्ताहरू समस्यामा छन ।´उहाले कार्ययाेजना अनुसार खर्च नगर्ने प्रबृति बढिरहेकाे बताउँदै त्यसतर्फ पनि सबै पक्ष लागेर उपभाेक्ता समितिलाई पारदर्शि बनाउनु पर्ने बताउनुभयाे ।
त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले सामुदायीक बनले सामाजिक रूपान्तरणमा महत्वपुर्ण याेगदान गरेकाे स्मरण गर्दै बनकाे संरक्षण र ब्यवस्थापनमा रहेका केही चुनाैतिहरूकाे सबै पक्ष मिलेर सामना गर्न जरूरि रहेकाेमा जाेड दिनुभयाे ।
कार्यक्रममा सहभागीहरूले सामुदायिक बनको दिगो संरक्षण, जैविक विविधताको संरक्षण, वन अतिक्रमण नियन्त्रण तथा वृक्षारोपणको आवश्यकता बारेमा आ–आफ्ना धारणा राखेका थिए।
सामुदायिक बन केवल काठको स्रोत मात्र नभई वातावरणीय सन्तुलन, पानीको श्रोत संरक्षण र स्थानीयको जीवनस्तर उकास्ने आधार भएको बताएका थिए। उनीहरूले सामुदायिक बन व्यवस्थापनमा पारदर्शिता, जनसहभागिता र दिगोपनाको महत्वमाथि जोड दिएका थिए।
यस वर्षको सामुदायिक बन दिवसले स्थानीय बासिन्दाबीच वन संरक्षणप्रति थप जागरुकता र सहकार्यको वातावरण सिर्जना गरेको बन डिभिजन कार्यालय सिन्धुलीका प्रमुख राजकुमार राजभण्डारीले बताउनुभयाे ।
डिभिजन बन कार्यालय सिन्धुलीकाे आयाेजना तथा सामुदायीक बन उपभाेक्ता महासंघ नेपाल
जिल्ला महासंघ सिन्धुलीसँगकाे सहकार्यमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा डिभिजन बन कार्यालय सिन्धुली अन्तरगत रहेका ३१६ सामुदायीक बनकाे अबस्था र सामुदायीक बनक्षेत्रका चुनाैतीहरूका बारेमा कार्यालय प्रमुख राजकुमार राजभण्डारीले जानकारी गराउनु भएकाे थियाे ।
अन्तरक्रिया कार्यक्रममा सामुदायीक बन उपभाेक्ता महासंघ नेपाल बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठ
सिन्धुली अध्यक्ष हितलाल श्रेष्ठ,प्रकृति संरक्षण केन्द्र सिन्धुलीकाे तर्फबाट मिथिला फुयाल, आदिवासी जनजाती महासंघ सचिब इन्द्र भुजेल, बैन पैदावार ब्यवसायी संघ अध्यक्ष सुन्दर घिसिङ, नेपाल पत्रकार महासंघ पुर्व केन्द्रिय सदस्य द्वारीका काफ्ले लगायतले आफ्ना धारणा ब्यक्त गर्नुभएकाे थियाे ।
तथ्याङ्क अनुसार देशभर २३ हजार ९० सामुदायीक बन समुदायलाई हस्तान्तरण भएका छन भने ३१ लाख ९५ हजार ३२३ घर परिवार सामुदायीक बनमा आबद्व रहेका छन ।
त्यस्तै सिन्धुलीकाे कुल क्षेत्रफल २ लाख ४८ हजार ६०४ हेक्टर मध्ये १ लाख ६५ हजार ९९ हेक्टर बन क्षेत्रले ओगटेकाे छ । जसमध्ये सामुदायीक बनले १ लाख १० हजार बढि हेक्टर क्षेत्रफल ओगटेकाे छ । जिल्लामा ५२३ सामुदायीक बन दर्ता र सञ्चालनमा रहेका छन ।
0 comments
Write Down Your Responses