निर्माण ब्यवसायी समृद्धिका संबाहक हुन : अध्यक्ष सिंह
सिन्धुली, ६ भाद्र । सिन्धुली निर्माण ब्यवसायी संघको १२ औं बार्षिक साधारणसभा तथा ९औं अधिवेशन शुक्रबार उदघाटन भएको छ ।
उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी निर्माण ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रबि सिंहले समृद्धिको संवाहक निर्माण व्यवसायी भए पनि सरकारका नीति नियमहरू समायानुकूल परिबर्तन नहुँदा निर्माण क्षेत्रमा जटिलता देखिएको बताउनु भएको छ ।
निर्माण क्षेत्रलाई अझ गुणस्तरिय र प्रभाबकारी बनाउन पछिल्लो समयमा सार्वजनिक खरिद नियमावली संशोधन गर्नुपर्ने अपरिहार्यता रहे पनि अझैसम्म नभएको बताउँदै महासंघ निरन्तर सरकारलाई झल्झकाउन प्रयासरत रहेको उहाँको भनाई छ ।
उहाँले निर्माण उद्योगहरूको मूल समस्या ‘लो बिड’ रहेको टिप्पणी गर्नुभयो । समयमा काम नगर्ने र गुणस्तरीय काम नगर्ने निर्माण व्यवसायीको साथमा महासंघ नरहेको उहाँको भनाई थियो ।
सिंहले नेपालका निर्माण ब्यवसायीहरुले पनि आफ्ना कमजोरीहरु सुधार गर्नुपर्ने बताउँदै नेपालको निर्माण क्षेत्रमा नेपाली निर्माण कम्पनीहरुकै राज चल्न जरुरी रहेकोमा जोड दिनुभयो ।
कार्यक्रमलाई बिशेष अतिथीको रुपमा सम्बोधन गर्दै बागमती प्रदेश सांसद छत्र बहादुर बम्जनले निर्माण क्षेत्रमा रहेका समस्याहरुको समाधानका लागी नितिगत परिवर्तनको जरुरी रहेको बताउँदै ब्यवसायीहरुलाई एकजुट बनेर अगाडि बढ्न अनुरोध गर्नुभयो ।
त्यस्तै निर्माण व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष इन्जिनियर आङ दोर्जे लामाले पेशालाई व्यवस्थित गर्ने चुनौती रहेको बताउँदै निर्माण व्यवसाय कठिन पेशा भएकाले ‘लो बिड’ले समस्या भएको र ठेक्का हाल्ने वैज्ञानिक विधि आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा शुभकामना मनतब्य ब्यक्त गर्दै निर्माण ब्यवसायी महासंघका सल्लाहकार निकलेश पाण्डेले निर्माण क्षेत्र ठुलो संकटमा रहेको बताउँदै सबै निर्माण ब्यवसायीहरु एकजुट बनेर सरकारलाई निर्माण ब्यवसायी मैत्री कानुन बनाउन दबाव दिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहले निर्माणको इजाजत दिने कानुनका कारण पनि निर्माण क्षेत्रमा समस्या भएको बताउँदै केन्द्रिकृत ढंगले निर्माण क्षेत्रलाई ब्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।
सिन्धुली निर्माण ब्यवसायी संघका अध्यक्ष तुलसीराम श्रेष्ठको अध्यक्षतामा भएको उदघाटन समारोहमा निर्माण ब्यवसायी महासंघका केन्द्रिय महासचिब रोशन दाहाल, नेपाली काग्रेसका नेता उज्जल बराल, नेकपा(एमाले) जिल्ला अध्यक्ष महेन्द्रदेब श्रेष्ठ, नेकपा(माओबादी केन्द्र)का जिल्ला संयोजक पानिराज बम्जन, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, पुर्व प्रदेश सासंद बिनोद कुमार खड्का, निर्माण ब्यवसायी संघ सिन्धुलीका निवर्तमान जिल्ला अध्यक्ष जयकुमार ढकाल लगायतले अधिवेशन सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
साधारणसभा तथा अधिवेशनको अवसरमा संघको कार्यालय भवन निर्माणका लागि जग्गा दान गर्ने जग्गादाता तथा भवन निर्माणका लागि सहयोग गर्ने सहयोग दाताहरूलाई सम्मान समेत गरिएको थियो । अधिवेशनको बन्दशत्र सनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पनन् हुने जनाइएको छ । बन्दशत्रले पदाधिकारी सहित १८ सदस्य निर्वाचित गर्ने जनाइएको छ । अधिवेशनमा २ सय २८ निर्माण कम्पनीका प्रतिनिधीहरुको सहभागीता रहेको छ ।
0 comments
Write Down Your Responses