कर्तब्य ज्यानका फरार अभियुक्त २२ बर्षपछि कारागार चलान
सिन्धुली, १८ साउन । २२ वर्षअघि सिन्धुलीमा भएको कर्तव्य ज्यान घटनाका फरार प्रतिवादी केदार सिंह थापालाई जिल्ला अदालत सिन्धुलीले आईतबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेकाे छ ।
सिन्धुलीकाे साविक अरुणठाकुर गाविस–८ (हाल दुधौली नगरपालिका–१३) स्थायी ठेगाना भइ दाङको लमही नगरपालिका–९ जलकुण्डीमा लुकिछिपी बस्दै आएका थापा २०८२ साल असार २३ गते पक्राउ परेका हुन्।
थापाले २०६० साल पुष ६ गते राति धारिलो हतियार प्रयोग गरी स्थानीय ४५ वर्षीय रत्नबहादुर कार्की र उनकी श्रीमती ४५ बर्षिय दुर्गामाया कार्कीको हत्या गरेको अभियोग लागेका उनी २२ बर्ष सम्म फरार रहेका थिए ।
घटनालगत्तै फरार रहेका थापालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले निरन्तर अनुसन्धानपछि पक्राउ गर्न सफल भएको हाे ।
घटनासम्बन्धी थप अनुसन्धान पश्चात् अभियोगपत्र सहित अदालतमा पेश गरिएकाले हाल थापालाई सिन्धुली कारागारमा थुनामा पठाईएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ ।
0 comments
Write Down Your Responses