कालोबजारी गर्ने पम्पवालाले प्रजिअलाई भने, ‘हामीले कालोबजारी गरेकै हौं’

सिडीयो र डिएस्पी हेरेको हेयै ।
सिन्धुली १०, माघ । भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण झण्डै पाँच महिनदेखी पेट्रोलीयम पदार्थको ढुवानी प्रभावित हुँदा सिन्धुलीमा भने पेट्रोल पम्पवालाहरुलेनै कालोबजारी गर्ने गरेको पाइएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा भएको सर्वदलिय सर्वपक्षिय छलफलमा जिल्लाका पम्प सञ्चालकहरुले खुलेआम आफुहरुले दुई सय रुपैयाँ लिटर सम्ममा इन्धन बिक्री गरेको बताएका छन ।
सिन्धुलीमाढी स्थित सुनिता आयल स्टोर्स र शिद्धबाबा आयल स्टोर्सका सञ्चालकहरुले आफुहरु स्थानीय ग्राहकहरुलाई पम्प र पम्प बाहीरबाट ढुवानी गरिएको पेट्रोल तथा डिजल दुई सय रुपैयाँ लिटरले विक्री गरेको बताएका हुन् । तर, देशमा जारी असहज राजनीतिक पस्थितीको समयमा कालोबजारी गर्नेलाई कारबाही गर्ने जिम्मेवारी लिएका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखकै अगाडी व्यावसायीले कालोबजारी गरेको स्विकार गरेपनि उनिहरु विरुद्ध कुनै कारबाही गर्न सकेनन् ।
स्थानीय राजनीतिक दल, व्यावसायी तथा सञ्चारकर्मीहरुले समेत कालोबजारी गर्नेहरुको प्रमाणीत हुदाँ समेत स्थानीय प्रशासनका प्रमुखहरु सिडियो र डिएस्पी समेत चुप लागेर बस्नुलाई आश्चर्य मान्दै तत्काल कारबाही हुनु पर्ने माग गरे ।
छलफलमै सहभागि निर्माण व्यावसायी जय ढकालले भने, जिल्लामा खुलेआम कालोबजारी गर्नेहरुले स्थानीय प्रशासनकै अगाडी छाती फुलाएर कालोबजारी गरेकै हुँ भन्दा पनि कारबाही गर्न नसक्ने प्रमुख जिल्ला अधिकारी लाहाचारी भएको आरोप लगाए ।
उनले भने, ‘कालोबजारी गर्नेले कालोबजारी गरेकै हो भन्दा किन कारबाही गर्न नसकेको ? तत्काल नियन्त्रण लिनु पर्ने हैन र ? उनले उल्टो प्रश्न गर्दै भने ।

सुनिता आयल स्टोर्सका सञ्चालक कामेश महतो र शिद्धबाबा आयल स्र्टोसका सञ्चालक मित्र थापाले सर्वदलिय छलफलमै आफुहरु कालोबजारी गरेकै हो भन्दै आफ्नो अभिव्यक्ति दिएका थिए ।
जिल्लाको कमलामाई नगरपालिका ७ स्थित माझीटारमा रहेको सुनिता आयल स्टोर्स (पम्प) सञ्चालक कामेश्वर महतोले सरकारले निर्धारण गरेको पेट्रोलको मुल्यभन्दा बढी पैसा लिएर कालो बजारी गरेको सञ्चारमाध्यममा खबर प्रकाशीत भएपछि प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको कार्यकक्षमा आइतबार बिहान सर्वपक्षिय छलफल आयोजना गरिएको थियो ।
गत सोमबार रातीबाटै लागु हुनेगरी सरकारले पेट्रोलको मुल्य घटाएर ९९ रुपैयाँ पचास पैसा कायम गरेको भएपनि महतोले पम्पमा शनिवार पेट्रोल वितरण गर्दा एक सय चार रुपैयाँसम्म लिएका थिए ।
महतोको पम्पबाट प्रति मोटरसाइकल पाँच लिटरका दरले पेट्रोल वितरण गर्दा केही ग्राहकसँग पाँच रुपैयाँ लिटर र अधिकांशसँग पाँच लिटरमा साँढे दुई रुपैयाँसम्म बढी मुल्य लिने गरेको पाइएको हो ।
मोटरसाइकलमा तेल हाल्न गएका एक मोटरसाइकल चालकका अनुसार महतो र उनका छोरा सुनिल महतोले पाँच लिटर तेल हाल्दै पाँच सय रुपैयाँ असुल्ने गरेका थिए । ‘उनिहरुले पाँच लिटरको पाँच सय रुपैयाँ लिएर तेल वितरण गर्दा एक व्यक्तिसंग पाँच लिटर तेलको साँढे दुई रुपैयाँ बढी लिएको प्रष्ट हुन्छ,’उनले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने ।

उक्त विषयमा प्रमुख जिल्ला अधिकारी नेपालले जिल्लामा तेल वितरण प्रणालीलाई सहज बनाउन अनुरोध गरेपनि कालोबजारी गर्नेहरुलाई के गर्ने भन्ने विषयमा केही नबोली उल्टै उनिहरुको बचाउँ गरेका थिए ।
पम्पका सञ्चालकहरुले स्थानीय प्रशासनकै अगाडि कालोबजारी गरेको स्वीकार गर्दा समेत उनीहरुलाई कार्वाहीको दायरामा ल्याउनका लागी प्रशासनले तदारुकता नदेखाउदा कालोबाजारी झनै मौलाउँदै जान सक्ने स्थानीयहरु बताउछन ।
3 comments
Write Down Your Responses
January 24, 2016 at 5:12 AM
What a fake news
January 24, 2016 at 5:14 AM
Wthout any prove this admin cannot write al these stupid stuffs.....great joke has been wriiten...hav fun by reading this funny joke
January 24, 2016 at 5:18 AM
Kasto haso lagdo news ho.....bina kunai prove ko jpt lekhna payinna....wo site le bujnu parne kura ho wo.....haude man6e ko kura sunera yesto chine janeko man6e ko barema je mann lagyo tyahi lekhne ho..