Powered by Blogger.
सिन्धुलीमा रुखले किचिँदा दुईको मृत्यु, तीन घाइते


सिन्धुली १६ साउन ।  सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा सालको रुख ढलेर दुई किशोर किशोरीको ज्यान गएको छ भने तीनजना घाइते भएका छन्।

शुक्रबार  अपराह्न पानी परिरहेको अवस्थामा स्थानीय एक टौवामा ओत लागिरहेका पाँच जना बालबालिकामाथि पहिरो सहित ढलेको सालको रुखले च्यापिँदा दुइजनाको घटनास्थलमै मृत्यु भएको हो। 

मृत्यु हुनेमा वर्ष १६ की सन्ता गोले र वर्ष ९ का सार्की थिङ रहेका छन्। दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा सिर्जना माया (अन्दाजी १४ वर्ष), सन्ध्या भोलन (१५ वर्ष)  तत्काल उद्धार गरी थप उपचारका लागि हेटौंडा पठाइएको र घाईते सुशील थिङ्ग को पाँचपाण्डव पोलिक्लिनिक झुरझुरेम़ा उपचार भई रहेको प्रहरीले जनाएकाे छ । 

प्रहरी र स्थानीयवासीको सहयोगमा तत्काल उद्धार कार्य गरिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।


, ,

0 comments

Write Down Your Responses