Powered by Blogger.
सभासदले न समयमा संबिधान दिन सके न पुल

समयमै पुल निर्माण नगर्दा समस्यामा स्थानीयहरू
अनिल भण्डारी
सिन्धुली, भदौ ३, एकातिर सभासद् अर्कातिर ठेकेदार । दुबै हातमा लड्डु समाएका सभासद् इन्द्र बानियाको काम प्रति सिन्धुलीबासी आक्रोशित बनेका छन् । सभासद् बानियाले हेटौडा–सिन्धुली–चतरा सडक खण्ड अन्तर्गत कमलामाई नगरपालिका–४ मिलनचोकस्थित लब्दाह खोलामा पुल बनाउने जिम्मा लिएका थिए । तर समयमा पुल नबन्दा स्थानियले ठुलो सास्ती खेप्नु परेको छ । 
हेटौडा–सिन्धुली–चतरा सडक खण्ड अन्र्तगत कमलामाई नगरपालिका ४ स्थित लब्दाह खोलामा सवारी पास गर्न जुटेका स्थानिय । 
बुधबार खोलामा ठुलो बाढी आएपछि सवारी पास हुन नसकेर जाम लागेको थियो । सवारी कटाउन नसक्ने अवस्था आएपछि ठेकेदारसँग स्थानियले आक्रोस पोखेका हुन् । असार मसान्तमा निर्माण पुरा गर्ने जिम्मेवारी लिएका ठेकेदार बानियाले हालसम्म पुलको २५ प्रतिशत काम समेत गरेका छैनन् । सभासद् र ठेकेदार दुबैको जिम्मेवारी लिएर हामीलाई दुख दिए, स्थानिय दिपक घिमिरेले भने–‘दैनिक सवारी कटाउन पानिको वाहव हेर्नुपर्ने अवस्था छ ।’ ठेकेदार बानिया काँग्रेसका सभासद् हुन् । सभासद् भएकाले सडक विभागले उनले गरेको कामको वास्ता नगरेको भन्दै सडक विभागप्रति नेपाली काँग्रेसकै महाधिवेशन प्रतिनिधि समेत रहेका घिमिरे आक्रोसित बने । 
हाल पुल नभएका कारण स्थानियले सामान्य ह्युम पाइप राखेर सवारी आवातजावत गर्दै आएका थिए । तर त्यो पाइप पनि मंगलबार राती भएको भारी बर्षाले बगाइदियो । निर्माणधिन रहेको पुल भएको स्थानमा सामान्य काठेपुल थियो त्यहि पुलबाट सवारी आवात जावत गर्ने गरेको थिए । पुल निर्माण गर्ने क्रममा असारसम्म जसरीपनि बनाइदिने स्थानियलाई आश्वासन दिएर काठे पुल भत्काइदिएर पुल निर्माण सुरु भएको थियो । समयमा पुल नबन्दा सदरमुकाम सिन्धुली र जिल्लाको आधा भुभाग पर्ने मरिण क्षेत्र पुरैका बासिन्दालाई आवातजावतमा समस्या भएको छ । ठेकेदार बानियालाई बर्षायाममा निर्माण कार्य नसक्ने भए ड्राइर्भसन गरिदिएर सवारी आवातजावत नरोक्न स्थानियले सुझाएका थिए तर त्यो स्थानियको सुझावलाई समेत अटेर गरेको स्थानिय माणिक ढकालको आरोप छ । ढकालका अनुसार सदरमुकाम आवातजावत गर्न लब्दाह खोलामा अन्य कुनै विकल्प छैन । 
सरकारकै पार्टी नेपाली काँग्रेसको जिम्मेवार सभासद् भएर लापरबाही गरेको महाधिवेशन प्रतिनिधि घिमिरेले आरोप लगाए । उनले भने–‘सरकारका सभासद्, कारबाही कसैले गर्न सक्दैनन् त्यसैले यो काममा लापरवाही भएको हो ।’ समयमा काम पुरा नहुँदा दैनिक यातायातका साधन आवातजावत गर्नेलेत सास्ती खेप्नुनै परेको छ यसको अलवा पैदल यात्रि समेत आवातजावत गर्न सक्दैनन् । दैनिक स्थानियले बिहानभरी लगाएर ढुङगा छापेर सवारी पास गराउछौ, अर्का स्थानिय उज्ज्वल ढकालले नागरिकसँग भने–‘त्यो पनि बेलुका पानी परेपछि सबै बगाउछ ।’ उनले असारसम्म पुरा गर्ने भनि  २ करोड ८० लाखमा ठेक्का हात पारेका थिए तर निर्माण हालसम्म पुरा हुन सकेको छैन । सामान्य दुई पिल्लर राख्ने काम मात्र भएको छ । जिल्लामा पछिल्लो समय पहुँचका आधारमा ठेक्का लिने र काम समयमा नगर्ने प्रचलन बढ्दै गएको छ  । बानियाले पनि पहुँचकै आधारमा ठेक्का पाएकाले हालसम्म काम हुन नसकेको स्थानियको आरोप छ । पहँचकै आधारमा ठेक्का लिएको मध्यपहाडी राजमार्गमा पनि चारओटा पुल अझै निर्माण हुन सकेको छैन । मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मि सडक खण्डमा निर्माणधिन रहेको चार पुल एक बर्ष अगाडीनै सक्नुपर्नेमा हालसम्म पनि पुरा भएको छैन ।


, ,

0 comments

Write Down Your Responses