Powered by Blogger.
वामदेवको ठाडो आदेशमा घैंटेको हत्या भयो : सभासद केसी

'घैंटे चार वर्षदेखि नर्मल जीवनमा थिए'
३ भदौ, काठमाडौं । कांग्रेस सभासद जगदीशनरसिंह केसीले कुमार श्रेष्ठ घैंटे निर्दोष रहेको भन्दै उनलाई गृहमन्त्री वामदेव गौतमको ठाडो आदेशमा हत्या गरिएको बताएका छन् ।
चार वर्षदेखि घैंटेले क्रिमिनल काम छाडेर नर्मल लाइफ बिताइरहेको सभासद केसीले बताए । मास्क लगाएर सादा पोशाकमा आएका ५ जनाले खाना खान लागेका बेला घैंटेलाई हत्या गरेर बाहिर ल्याई दोहोरो भिडन्तको नाटक गरेको केसीले आरोप लगाए ।
चार वर्षदेखि आपराधिक क्रियाकलाप छाडेर हाल निर्माण व्यवसायीका रुपमा कमारले काम गरिरहेको सभासद केसीले बताए ।
घटनालगत्तै गोली चलेको स्थलमा पुगेका सभासद केसीले टेलिफोनमा कसैलाई रिपोटिङ गर्दै वामदेव गौतमको ठाडो आदेशमा निर्दोष व्यक्तिको हत्या भएको बताएका थिए ।

‘यो सरासर मानवअधिकार विरोधी काम हो । नागरिकले सामान्य जीवन बिताएर बाँच्न पाउने व्यक्तिमाथि गरिएको यो अपराध हो,’ हत्या भएको स्थलमा पुगेका सभासद केसीले भने,’उसले चाहेको भए त्यहाँ केही हुन सक्थ्यो, तर केही भएन किनभने उसले प्रहरीले समात्छ र समाते पनि केही हुँदैन भन्ने ठानेको थियो ।’

मास्क लगाएर जाने ५ जनाले कुमारलाई मारिसकेपछि भीडन्तका नाममा आकाशतिर फाइरिङ गरेको सभासद केसीले बताए ।

दोहोरो भिडन्तमा गोली चलेको हो : प्रहरी
महानगरी प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले चाँहि घैंटेलाई नियमित चेकजाँचका क्रममा उसको समूहले प्रहरीमाथि आक्रमण गरेको र दोहोरो भिडन्त भएको बताएका छन् । यसैवीच सभासद केसीको नेतृत्वमा शिक्षण अस्पताल परिसरमा कुमारको समर्थनमा नाराबाजी सुरु भएको छ ।
को हुन् घैंटे ?
प्रहरीको मोस्ट वान्टेड सुचीमा रहेका कुमार श्रेष्ठ उर्फ कुमार घैंटे कांग्रेस नेताहरुको छत्रछाँयामा रहेका डन मानिन्थे । नुवाकोटका कांग्रेस नेता जगदीशनरसिंह केसीबाट उनी संरक्षित थिए ।

घैंटेलाई पटक-पटक प्रहरीले पक्राउ गर्ने र छोड्ने सिलसिला जारी थियो । पछिल्लोपटक ०६५ सालमा दरवारमार्गमा अमित लामामाथि गोली हानेर फरार भएका उनलाई प्रहरीले लाजिम्पाटको एक होटलमा गोली हानेर पक्राउ गरेको थियो । केही समय जेलबसेपछि उनी छु्ट्न सफल भएका थिए ।

नुवाकोट घर भएका घैंटे पहिले दिनेश अधिकारी ‘चरी’ कै समुहमा थिए । चरी कांग्रेस छोडेर एमालेमा प्रवेश गरेपछि उनीहरु दुई पार्टीमा बाँडिएका थिए ।

चरीको इन्काउन्टरपछि मलेसियातिर लागेका थिए । १२ वैशाखको भूकम्पपछि उनी नेपाल फर्केर उनले भूकम्प पीडितका लागि राहत संकलन गरेर प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए ।

पछिल्लो समय सामाखुशी क्षेत्रमा गुण्डागर्दी गर्दै आएका घैंटेले चक्रे मिलन, गणेश लामा जस्ता गुण्डा नाइकेहरुसित दुश्मनी मोल्दै आएका थिए । एक जमानामा उनी चक्रे मिलन र दीपक मनांगेकै समूहमा थिए ।


0 comments

Write Down Your Responses