Powered by Blogger.
यी ५ काइदा अपनाउनुस्, गुगल सर्चमा अगाडि आउनुस्

यदि गुगलमा सम्बन्धित विषयका बारेमा कसैले सर्च गर्यो भने आफ्नो वेबसाइट, आफुले पोष्ट गरेका सामाग्रीहरु, आफ्नो कम्पनी तथा विषयहरु सूचिको सबैभन्दा माथि देखियून् भन्ने चाहना हुन्छ सबैको । गुगल सर्चमा टप लिस्टमा आउनु भनेको लोकप्रियताको मापन पनि हो । केही काइदा छन् जसबाट तपाइँ आफ्नो वेबसाइट वा इन्टरनेट सामाग्रीहरुहरुलाई गुगल सर्चको टप लिस्टमा पूराउन सक्नुहुन्छ 
मोबाइल फ्रेण्डली बनाउनुहोस्– न्यूज साइट देखि लिएर सपिङ साइट सम्मका वेबसाइटहरु मोबाइलमा हेर्नेको संख्या बढिरहेको छ । यदि तपाइँको वेबसाइट मोबाइल फ्रेण्डली भयो भने गुगल सर्चमा अगाडि आउने उत्तम विकल्प रहन्छ र यसबाट तपाइँको वेबसाइटका भिजिटर्सको संख्या पनि ह्वात्तै बढ्दछ ।
शीर्षक– कि वर्डको साथसाथै तपाइँले सामाग्रीको गुणस्तरमा पनि ध्यान दिनुपर्ने हुन्छ । यदि राम्रो सामाग्री भयो भने धेरै मानिस प्रभावित भएर तपाइँको वेबसाइटको सामाग्री पढ्ने तथा शेयर गर्ने क्रम तिब्र हुन्छ ।
सामाजिक मैत्री– तपाइँको साइटका सामाग्रीहरु भद्र, सभ्य तथा सामाजिक पाराका हुनुपर्छ । यो भयो भने सबैखाले मानिसहरुले पढ्ने तथा शेयर गर्ने गर्छन् । वेबसाइट भिजिट गर्ने मानिसको संख्या पनि बढिरहन्छ ।
हाइपरलिंक– आफ्नो साइटका सामाग्रीहरुको आधिकारिकताका लागि मूल श्रोतको हाइपरलिंक ठाउँठाउँमा दिनुपर्छ । यसो गर्दा मानिसहरुले मूल श्रोतसम्म पनि पुगेर सामाग्रीहरु पढ्दछन् । त्यस्तै आफ्नै साइटका पूराना सान्दर्भिक सामाग्रीहरुलाई समेत हाइपर लिंकमा राखिदिनुपर्छ । यसो गर्दा पूराना सामाग्रीहरु समेत पटक पटक पढिन्छन् र वेबसाइट भिजिटर्सको संख्या बढ्छ । सामाग्रीहरु धेरै पटक पढिँदा त्यो गुगल सर्चमा पनि अगाडि आउने सम्भावना हुनछ ।
वेब स्पिड– तपाइँको साइट कति छिटो खुल्दछ र त्यसका सामाग्रीहरु प्रयोगकर्ताले कति छिटो पढ्न पाउँछ भन्ने कुराले पनि लोकपि्रयताको मापन गर्दछ । खुल्नकै लागि बेर गर्ने धीमा साइटका प्रयोगकर्ता पनि घट्दछन् र यसबाट तपाइँको साइट सर्च रिजल्टमा माथिल्लो स्थानमा आउने सम्भावना कम हुन्छ ।


, ,

0 comments

Write Down Your Responses