Powered by Blogger.
नेपाली हुनुमा ‘लज्जा’ महशुश गरे राजेश हमालले

काठमाडाैं १७ श्रावण
नेपाली चलचित्रका चर्चित नायक राजेश हमालले आफूलाई नेपाली हुनुमा पहिलो पटक ‘लज्जावाेध भएको बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै नायक हमालले यस्तो महशुश पहिलो पटक भएको जनाएका हुन् ।

नायक हमालले यस्तो महशुश हुनुको पछाडि कारण पनि खुलाएका छन् । सिराहा जिल्लाको धनगढी गाविसको वडा नम्बर ३ स्थित नयनपुरमा अवस्थित दुई घर डोमलाई उच्च जातको बताउने मानिसहरुले इनार छुन नदिएपछि नायक हमालले आफूलाई नेपाली हुनुमा पहिलो पटक लज्जास्पद महशुश भएको फेसबुक स्टाटसमार्फत जनाएका हुन् ।
साउन १६ गते शनिबार नायक राजेश हमाल त्यहाँ पुगेका थिए । नायक राजेश हमालको साथमा हिड्दै दीपक मलिक(डोम) जब इनारतर्फ खानेपानी भर्नलागे, गाउँभरीका महिलाहरुले पानी भर्न नदिने भन्दै इनार घेरेका थिए । गाउँका केही आफूलाई उपल्लो जातीको बताउनेहरु भने अगाडि उभिएका थिए । हमालले उनीहरुलाई ईनारबाट पानी भर्न दिदा के हुन्छ भनेर प्रश्न गर्दा पुर्खादेखि डोमलाई ईनार छुन नदिएकाले अब पनि नदिने जवाफ पाएका थिए ।

यसपछि नायक हमाल निराश भएका थिए । गाउँका उपल्लो जातका भनिनेहरुले पानी निकालेर डोमको बाल्टी भरिदिएका थिए । अरु बेला पनि यस्तै गर्नुपर्ने डोमले हमाललाई बताएका थिए ।
हमालले नेपालभित्र नै यस्तो अवस्था देख्दा आफूलाई नेपाली हुनुमा ‘लज्जास्पद’ महशुश भएको फेसबुकमार्फत बताएका हुन् । वीवीसी एक्सन मिडियाको साप्ताहिक कार्यक्रम ‘साझा सवाल’का लागि हमाल त्यहाँ पुगेका थिए ।(अनलाइन खबरबाट)


,

0 comments

Write Down Your Responses