सुनको भाउ ओरालो लाग्दै, २ दिनमा १३ सय घट्यो
१० भदौ, काठमाडौं । स्थानीय बजारमा सुनको भाउ ओरालो लाग्न थालेको छ । निरन्तर उकालो लागिरहेको सुन मंगलबारदेखि पुनः ओरालो लाग्न थालेको हो ।
बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ तोलाको ५० हजार ५ सय रुपैयाँ तोकेको छ ।
बुधबार सुन तोलाको ५१ हजारमा किनबेचभ एको थियो भने मंगलबार ५१ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो । दुई दिनको अन्तरमा सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको छ ।
चाँदीको भाउ पनि बिहीबार तोलामा १० रुपैयाँ घटेको छ । बिहीबार बजारमा चाँदी तोलाको ६ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी तोलाको ६ सय ८१ रुपैयाँमा किनबेच भएको थियो ।
0 comments
Write Down Your Responses