लीबियामा डुंगा दुर्घटना, सयौं बेपत्ता
११ भदौ, काठमाडौं । लीबियाको तटिय क्षेत्रमा भएको डुंगा दुर्घटनामा परी सयौं बेपत्ता भएका छन् । पाँच सय भन्दा बढी प्रवासी नागरिक बोकेको ढुंगा लीबियाको जुवारा सहर नजिकै दुर्घटना भएको हो ।
दुर्घटनास्थलमा उद्धार कार्य जारी रहेको छ । अहिलेसम्म सय जनाको शव निकालिएको छ भने २१ जनालाई जीवितै उद्धार गरिएको छ । सयौं मानिस बेपत्ता रहेका छन् ।
बीबीसीका अनुसार बिहीबार पहिलो डुुंगा दुर्घटना भएको थियो । जसमा ५० जना मानिस सवार थिए । त्यसको केही समयपछि सोही स्थानमा चार सय मानिस सवार डुंगा दुर्घटनामा परेको हो ।
0 comments
Write Down Your Responses