Powered by Blogger.
सिन्धुलीमा पनि मनाईयो १५० औं मोती जयन्ती

लक्ष्मी थापा 
सिन्धुली, २७ भाद्र । नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जयन्ती आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको विसं १९२३ सालको भाद्र कृष्ण औसी (कुशे औसी)का दिन जन्म भएकोले यस दिनलाई मोतीजयन्तीका रुपमा मनाइने गरिएको हो ।

श्रृंगार रसलाई केन्द्रविन्दुमा राखेर गजल साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुयाएका भट्टले कथा, नाटक र निबन्धसमेतको रचना गरेका थिए । ३० वर्षै अल्पायुमा विसं १९५३ सालको भाद्र कृष्ण औसी (कुशे औसी)कै दिन निधन भएका भट्टलाई माध्यमिक कालीन नेपाली श्रृङ्गारिक साहित्यका प्रणेता पनि मानिन्छ । थोरै बाँचेर पनि नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान दिएका भट्टले विसं १९४८ मा आदिकवि भानुभक्त आचार्यको जीवन चरित्र प्रकाशनमा ल्याएका थिए ।
सिन्धुलीमा पनि आज मोतीजयन्तीको अवसमार गजल सरोबर सिन्धुलीले गजल बाचन समारोह आयोजना गरेको थियो । 

गौमती नमुना उमाविमा गजल सरोबर सिन्धुलीका अध्यक्ष बरुण लामीछानेको समापतित्वमा सम्पनन् कार्यक्रममा अर्जुन पौडेल, महेन्द्रदेव श्रेष्ठ, सागर बराल, पुस्कर सहयात्री, विनोद श्रेष्ठ, पोष्टराज पहाडी लगायत सिन्धुलीका करिब २ दर्जन गजलकारहरुको उपस्थिती रहेको थियो । 
सहभागीहरुले गजल बाचन गर्दा विशेष गरेर श्रष्ठाहरुले देशको समय सान्दर्भिकतालाई मध्यनजर गरेर आफ्नो रचना प्रस्तुत गरेका थिए । 


, ,

0 comments

Write Down Your Responses