एसएलसीको पुरक परीक्षामा ६६.९३ प्रतिशत उर्त्तीण
काठमाडौं,३१ भदौ । एसएसलीको पुरक परीक्षाको परीक्षाफल बिहीबार प्रकाशन भएको छ । परीक्षामा ६६.९३ प्रतिशत उर्त्तीण भएको परीक्षा नियन्त्रण विष्णुबहादुर द्वारेले जानकारी दिए ।
जसमा छात्रतर्फ ३८ हजार तीन सय ९९ जना र छात्रातर्फ ४४ हजार ६ सय ७९ जना उत्तीर्ण भएका छन् ।
कार्यालयले २०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षाका रुपमा गत साउन २० गतेदेखि ३० गतेसम्म एसएलसी पूरक परीक्षा सञ्चालन गरेको थियो । उत्तीर्ण परीक्षार्थीले यसवर्षदेखि नै कक्षा ११ अध्ययन गर्न पाउने भएका छन् ।
0 comments
Write Down Your Responses