जानेवेला मोदीका दूतले भने-संविधान जारी गर्दा हिंसा होइन, उत्साह र सन्तुष्टि देखियोस्
नेपालका नेताले लचकता र परिपक्वता देखाउन्
काठमाडौं,२ असोज । भारतले नेपालको संविधान निर्माणको समापन उत्साह र सन्तुष्टिको अवसर हुनुपर्ने प्रष्ट पारेको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhYiHLmAycK0M6orSYI295k9HGw4YQgBqIj3G8Cq7pZqHdy8YusMP3HtbL3ftIVM237W7yVkpADYol-GZYu2Hr3PAoUsbDCSAmEYVm5hyphenhyphenuqBa9H1XVT9lRCp6otaynWmakEseQ6H1mFvoE/s640/jaishankar.jpg)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत एस जयशंकरको भनाइलाई नेपालस्थित भारतीय दूतावासले उद्धृत गर्दै यस्तो धारणा सार्वजनिक गरेको हो । जयशंकरले भनेका छन्- भारत नेपालको संविधान निर्माणको समापन उत्साह र सन्तुष्टिको अवसरका रुपमा देख्न चाहान्छ, हिंसा र आन्दोलनमा होइन ।
भारतीय विदेश सचिव जयशंकरले भारतले सधैं नेपालको संविधान निर्माणलाई दह्रोसँग समर्थन गर्दै आएको स्मरणसमेत गराएका छन् ।
नेपालका नेताहरुसँगको भेटघाटपछि दिल्ली फर्किनुअघि जयशंकरले भारतको धारणा प्रष्ट पार्दै नेपालका नेताहरुले आवश्यक लचकता अझै पनि अपनाउने विश्वास व्यक्त गरेका छन् ।
‘हामीलाई विश्वास छ, नेपालका राजनीतिक नेताहरुले यो संकटपूर्ण समयमा आवश्यक लचकता र परिपक्वता प्रदर्शन गर्नेछन्’ जयशंकरको भनाइ उधृत गर्दै दूतावासले ट्वीट गरेको छ ।
0 comments
Write Down Your Responses