Powered by Blogger.
अान्दाेलनरत दलसँग वार्ताका लागि समिति गठन

काठमाडाैं, ११ असाेज । नयाँ संविधानप्रति असहमति दर्शाई आन्दोलन गरिरहेका मधेसी, थारु एवम् अन्य समुदायसँग वार्ता गर्न तीनदलले तीन सदस्यीय एक समिति गठन गरेका छन् ।
सो समितिमा कांग्रेसका तर्फबाट वन मन्त्री महेश आचार्य, एमालेका संसदीय दलका प्रमुख सचेतक अग्नि खरेल तथा एमाओवादीका एक प्रतिनिधि रहनेछन् । एमाअाेवादी प्रतिनिधिकाे नाम टुंगाे लागिसकेकाे छैन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेका, एमाले र एनेकपा (माओवादी)का शीर्ष नेता सहभागी बैठकले सो समिति गठन गरेको हो ।
बैठकपछि एमालेका वरिष्ठ नेता झलनाथ खनालले सञ्चारकर्मीलाई संविधानप्रति असन्तुष्ट मधेसी, थारु र अन्य समुदायसँग वार्ता अघि बढाउन समिति गठन गरिएको जानकारी दिए । उनले भने, “तराई मधेसका माग के हो ? समस्या के हो ? बुझ्नै सकिएन । संविधानमा सबै कुरा समेटिएका छन् । केही असन्तुष्टि रहेका भए त्यसको सम्बोधन गर्न वार्ता टोली गठन गरिएको हो ।”
सञ्चारकर्मीको जिज्ञासामा वरिष्ठ नेता खनालले बैठकमा नयाँ संविधानको संशोधनका विषयमा छलफल नभएकाे बताए ।
कांग्रेस नेता शेरबहादुर देउवाले तराई मधेसमा उठेका आन्दोलनलाई वार्ताका माध्यमबाट समाधान निकाल्न तीन सदस्यीय समिति गठन तीन दलको बैठकले गरेको जानकारी दिए । उनले वार्ताबाट समस्याको समाधान निस्कने विश्वास पनि व्यक्त गरे ।
बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको सहभागिता थियो ।


,

0 comments

Write Down Your Responses