Powered by Blogger.
दुनियाकै उत्कृष्ट संविधान बनाएका छौं- भट्टराई

युवा संघ नेपालको क्षेत्रीय अधिवेशन उदघाटन 

बुद्धकुमार आछामी
सिन्धुली,२२ असोज । नेकपा(एमाले)का केन्द्रिय सचिब तथा युवा नेता योगेश भट्टराईले संविधानसभाबाट भर्खरै बनेको नेपालको संविधान दुनियाँकै उत्कृष्ट संविधान भएको दाबी गरेका छन । 

युवा संघ नेपाल सिन्धुलीको क्षेत्रीय अधिवेशन उदघाटन गर्न शुक्रबार सिन्धुलीमाढी आइपुगेका भट्टराईले उदघाटन शत्रलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै भने, ‘महिला, दलित, जनजाती लगायत सिङ्गो नेपाली समुदायलाई अधिकार दिने सवालमा नेपालको संविधान दुनीयाकै संविधान भन्दा उत्कृष्ट छ ।’ उनले भने, ‘ दुनियाँका कुनै पनि देशमा हाम्रो जस्तो अधिकार सम्पनन् संविधान छैन ,हाम्रो संविधानको विरोध गर्ने भारतको भन्दा त हाम्रो संविधान कर्यौ गुणा उत्कृष्ट छ ।’

नेपालमा २००४ सालदेखी पटक–पटक संविधानहरु आएको भएपनि यसपटक बनेको संविधान जनताका प्रतिनिधीहरुले बनाएका कारण सार्वभौमसक्ता सम्पनन् संविधान भएको उनले दावि गरे । नेता भट्टराईले राज्य पुनसंरचनाको बारेमा पनि सवैभन्दा उत्कृष्ट निती अबलम्बन गरेको बताउँदै जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउन नेपाललाई दवाल दिने भारतलाई आफु तर्फ पनि फर्केर हेर्न आग्रह गरे । 
मधेशका केहि दलालहरुले संविधानको बारेमा मधेशी जनताहरुलाई भ्रमीत पारेको बताउँदै भट्टराई भने, ‘ मधेशका उपेन्द्र यादव, महन्थ ठाकुर, र राजेन्द्र महतो जस्ता दलाल र सामन्तहरुलाई मधेशका जनताको अधिकार चाँहिएको छैन, उनीहरुलाई त आफु कसरी चुनाव जित्ने भन्ने मात्र छ ।’ मधेशी दलहरुको आन्दोलन मधेशी जनताका अधिकारका लागी भन्दा पनि आफु मालिक बन्नका लागी मात्र भएको उनको भनाई थियो । विदेशीहरुको आडमा नेपाल राष्ट्रमाथि आक्रमण भएको उनको आरोप थियो । 

त्यस्तै अधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै युवा संघ नेपालकी केन्द्रिय उपाध्यक्ष दिलु पन्तले यतिवेला राष्ट्रिय स्वाधीनता र स्वाभीमानका खातिर युवाहरु एकजुट भएर लड्नु पर्ने आवश्यक्ता रहेको बताईन । उनले नेपालीहरुले स्वाभीमान झुकाउनु नहुने बताउँदै एमालेलाई स्वाभीमान नझुकाई सरकारमा सामेल हुन समेत आग्रह गरीन । पन्तले केपी ओली भारतको आर्शिवादमा होइन नेपाली राजनैतिक दलहरुको सहयोगमा प्रधानमन्त्री बन्ने समेत बताइन ।
लामो समय विवादित बनेको युवा संघको बारेमा बोल्दै उपाध्यक्ष पन्तले पछिल्लो समय भने एउँटै युवा संघ निर्माणको जग बनेको र त्यसलाई ढलान गर्न बाँकी रहेको बताइन । संगठनलाई व्यक्तिगत भन्दा पनि सामुदायीक बनाउन सकेमा मात्र एउँटै युवा संघ निर्माण हुन सक्ने उनको भनाई थियो । 
उदघाटन शत्रलाई शुभकामना दिर्दैै नेकपा(एमाले)का वैकल्पीक केन्द्रिय सदस्य तथा सिन्धुली क्षेत्र नं.१ का सांसद गणेश कुमार पहाडीले शक्ति सन्तुलनका आधारमा संविधान आएको बताउँदै संविधान सहमतिको दस्तावेज भएको बताए । सांसद पहाडीले संविधान अग्रगामी भएका कारण त्यसलाई कार्यान्वयन हुन नदिने गम्भीर षड्यन्त्र भईरहेकाले सवै पक्ष सचेत रहन जरुरी रहेकोमा जोड दिए । 

मुलुकलाई समृद्धि तर्फ लाने अवको मुख्य कार्यभार भएकाले संविधान ल्याउनका लागी सहमति गर्ने सवै राजनैतिक दलहरु कानुन नबाउँदा सम्म एक भएर अगाडि बढ्नु पर्ने  उनको जोड थियो । 
त्यस्तै अर्को वैकल्पीक केन्द्रिय सदस्य कमलजंग राईले पार्टी केन्द्रले सिन्धुली जिल्लालाई उपेक्षा गरेको धारणा व्यक्त गरे । उनले सिन्धुलीले विगत लामो समय देखी एमाले भित्र महत्वपूर्ण भुमीका निर्वाह गरेको भएपनि सांसद, मन्त्री र राजनैतिक नियुक्तिका कुरामा केन्द्रबाट ओझेलमा पारिएको गुनासो गरे । राईले ऋषिराज देवकोटा र सम्झना दाहाललाई शहीद घोषणा गर्न एमाले पार्टीले पहल नगरेका कारण सिन्धुली एमालेमा नैराश्यता छाएको समेत बताए ।

न्यायप्रेमी युवाहरु युवा संघमा, सामाजिक परिवर्तन युवाहरुको काधमा भन्ने मुल नाराका साथ युवा संघ सिन्धुली क्षेत्र नं.२ का अध्यक्ष सुन्दर तामाङ्गको अध्यक्षतामा भएको उदघाटन शत्रमा युवा संघका केन्द्रिय सचिब नरेश शाही, नेकपा(एमाले)का सिन्धुली अध्यक्ष प्रदिप कट्वाल, लगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए । उदघाटन शत्रमा नेकपा(एमाले) सिन्धुलीका जिल्ला नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । 
अधिवेशन उदघाटनकै अवसरमा विभिन्न् पार्टी परित्याग गरी आधा दर्जन युवाहरु नेकपा(एमाले)मा प्रवेश गरेका थिए । प्रवेश गर्ने युवाहरुलाई प्रमुख अतिथी योगेश भट्टराईले स्वागत गरेका थिए । नेपाली काग्रेसबाट पनि ठुलो संख्यामा युवाहरुको प्रवेश गर्ने कार्यक्रम भएपनि नेपाली काग्रेसले प्रवेश गर्न चाहने दर्जर्नौ युवाहरुलाई भौतिक रुपमा बन्धक बनाएर राखेको युवासंघले आरोप लगाएको छ । अधिवेशनले साझ सम्ममा नयाँ क्षेत्रीय कमिटीको निर्माण गर्ने बताइएको छ । 


, ,

0 comments

Write Down Your Responses