Powered by Blogger.
बिजयकिल्लामा भब्य बिजय उत्सव मनाउने तयारी

बिजयकिल्ला ब्यूरो 
सिन्धुली, १७ कात्तिक । विगतका वर्षहरुकै निरन्तरताको क्रममा यस वर्ष पनि ऐतिहासीक सिन्धुलीगढी विजयकिल्लामा कात्तिक २४ गते भव्य रुपमा विजय उत्सव मनाउने तयारी गरिएको छ ।
जिल्ला विकास समिति सिन्धुली र नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको सयुक्त आयोजनामा विजय उत्सव मनाउँदै आइएको छ । यस वर्ष पनि सिन्धुलीगढीमा विजय उत्सवलाई भव्य रुपमा मनाउन तयारी भईरहेको जिल्ला विकास समितिले जनाएको छ । 
गत वर्ष सिन्धुलीगढी बिजयकिल्लामा राष्टि्य झण्डा फहराउँदै नेपाली सेना । फाइल फाेटाे । 
बिजय उत्सवलाई भव्य बनाउनका लागी स्थानीय विकास अधिकारीको संयोजकत्वमा राजनैतिक दल, पत्रकार महासंघ, सिन्धुली लगायत विभिन्न् संघ सस्थाहरु र जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यालयहरु सदस्य रहेको मुल आयोजक समारोह समिति गठन गरिएको छ । 
उत्सबलाई भव्य बनाउने तयारीका लागी विभिन्न् उप समिति समेत गठन गरिएको छ । पत्रकार महासंघ सिन्धुलीका पुर्व सभापति राजकुमार कार्कीको संयोजकत्वमा व्यवस्थापन उपसमिति, पत्रकार महासंघकै पुर्व सभापति संजय दाहालको संयोजकत्वमा प्रचार प्रसार उपसमिति र रेडियो शिद्धबाबाका प्रबन्धक टिकाजंग थापाको संयोजकत्वमा सास्कृतिक उपसमिति गठन गरिएको छ । 
त्यस्तै पत्रकार महासंघ सिन्धुलीले पनि विजय उत्सवलाई भव्य बनाउनका लागी पत्रकार महासंघ सिन्धुलीका पुर्व अध्यक्ष राजकुमार कार्कीको संयोजकत्वमा ८ सदस्यीय समिति निर्माण गरेर तयारी सुरु गरेको जनाएको छ । 
गत वर्षकाे फाइल फाेटाे । 
विजय उत्सवलाई भव्य रुपमा मनाउन स्वतस्र्फुत रुपमा सहभागी हुन सम्पूर्णलाई पत्रकार महासंघले आग्रह समेत गरेको छ । उत्सवमा परम्परागत पन्चेबाजा, खैजेडु भजनको विशेष प्रस्तुती रहने जनाइएको छ । 
नेपाल र नेपालीको गौरबको रुपमा रहेको सिन्धुलीगढी बिजयकिल्लामा विगत ५ बर्ष देखि हरेक बर्ष कात्तिक २४ मा विजय उत्सब मनाउँदै आइएको छ । विट्रिस साम्राज्यवादको विरुद्ध बीर गोर्खालीहरुले देखाएको बहादुरीता र बिजयलाई उत्सवको रुपमा सम्झने प्रयासले नयाँ पुस्तालाई गढीको महत्व र भाव बुझाउन सहयोग पुग्ने पत्रकार महासंघ सिन्धुलीका पुर्व सभापति राजकुमार कार्की बताउछन ।
पछिल्लो पुस्ताले गढीको महत्वलाई बिस्तारै भुल्दै गएका हुन कि भन्ने भान हुन थालेको अवस्थामा ऐतिहासीक सिन्धुलीगढीमा विजय उत्सव मनाउन सुरु गर्नु असाध्यै महत्वपूर्ण कार्य भएको सरोकारवालाहरु बताउछन । ५ वर्ष अघि देखी पत्रकार महासंघको अगुवाईमा सिन्धुलीगढीमा विजय उत्सव मनाउन सुरु गरिएको हो । 

महाभारत पर्व श्रृखलाको करिव ५ देखि ६ हजार फिटको उचाईमा अवस्थित ऐतिहासिक सिन्धुलीगढी जिल्ला सदरमुकाम सिन्धुलीमाढीवाट करिव १६ किलोमिटर उत्तर तर्फ अवस्थित रहेको छ । इतिहासकारहरुका अनुसार भारत वर्षको तत्कालिन समयमा इस्ट इण्डिया कम्पनीले उत्तर भारतको वंगाललाई अपार साधन र श्रोतको केन्द्र मानेर आँखा गाडिरहेको थियो । जसको छिमेकमा रजौटाहरुले टुक्राटुक्रामा विभाजन गरेको नेपाल पनि पर्द्थ्यो । अंग्रेजको कुत्सित आसयलाई बंगालका तत्कालिन शासक मिरकासिम, अवधका नवाव तथा मुगल सम्राट मिलेर करीव ६० हजार फौजी दस्ताको सहयोगबाट धुलो चटाउने उद्देश्यले युद्ध आरम्भ गरे ।
भगनावशेष अवस्थामा रहेकाे सिन्धुलीगढी दरबार । फाइल फाेटाे 
किनलोकको नेतृत्वमा आएको बेलायती फौजलाई विसं १८२४ मध्यमा यही स्थलमा गोर्खाली फौजले बहादुरीपूर्वक लडेर परास्त गरेका थिए । सिन्धुलीगढीको लडाई तत्कालिन समयमा असाधारण थियो । तत्कालिन समयमा बेलायत महाशक्ति थियो । उसले स्पेन र क्यानाडाजस्ता शक्तिशाली राष्ट्रलाई अमेरिकाबाट चुटेर निकालिदिएको थियो । अमेरिकामा बेलायती साम्रज्यवादलाई तत्कालिन अवस्थाको संसारमा कसैले हराउन सकेका थिएनन्न । त्यो अजेय शक्ति सिन्धुलीगढीमा नराम्रोसँग पराजित भयो । सायद सिन्धुलीगढीको युद्धमा गोर्खालीले कम्पनी सेनालाई पराजित नगरेको भए सिङ्गो नेपालको निर्माण असम्भव थियो । 
सिन्धुलीगढी बिजयकिल्ला जाने नागवेली विपी राजमार्ग । फाइल फाेटाे 
आधुनिक नेपालको निर्माणमा असाध्यै गौरवपूर्ण इतिहास बोकेको सिन्धुलीगढीमा भब्य विजय उत्सवको तयारी भईरहेकाले उक्त विजय उत्सवमा स्वतस्र्फुत रुपमा सहभागी भई गौरवशाली इतिहासको रक्षा र विकासमा योगदान गर्नुहुन सम्पूर्णमा विजयकिल्ला डटकमको तर्फबाट हार्दिक अनुरोध गर्दछौं ।  


,

0 comments

Write Down Your Responses