Powered by Blogger.
लाग्यो अधिवेशन, तात्यो नेपाली कांग्रेस सिन्धुली

यस पटकको अधिवेशनमा कसले मार्ला बाजी 

राजन परियार
सिन्धुली ११, माघ । यतिवेला सिन्धुली जिल्लाको मौसम निकै चिसो छ तर नेपाली काँग्रेसको जिल्ला अधिवेशन नजिकिदै जाँदा राजनितिक सरगर्मी भने अत्याधिक बढेको छ । बजारका चियापसल देखी चोक–चोक र गल्ली–गल्लीमा काँग्रेसकै आसन्न महाधिवेशन र जिल्ला अधिवेशनको चर्चा र परिचर्चा हुने गरेको छ । क–कसको समीकरण बन्छ, कसले चुनावी बाजी मार्छ भन्ने अड्कलवाजीहरु हुन थालेका छन् ।
यतीवेला नेताहरु कार्यकर्ता भेटघाटमा व्यस्त छन् । त्यती मात्र नभएर जिल्ला स्थित गाँउगाँउमा आ–आफ्नै प्रचार–प्रसारका लागी जुटेका छन् । आफुले लिन चाहेको पद खुस्किने पो हो कि भन्ने पिरलोले कहिल्यै नपुग्ने कार्यकर्ताहरुको घर–घरमा पुगी आफूलाइ सहयोग गर्न आग्रह गर्दै रातदिन दौडिनमा व्यस्त छन् ।
यही माघ १५ गतेवाट शुरु हुने अधिवेशनलाई भव्य र सभ्य वनाउन केहि दिन अगाडी देखीनै विभिन्न समिति उपसमिति वनाएर अधिवेशनको तयारीका लागी जुटेको छ नेपाली काग्रेस । नेपाली कांगे्रस सिन्धुलीका कार्यवाहक सभापती खड्ग वहादुर वाइवाको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ भने जिल्ला कार्य समिति सिन्धुलीका कोषाध्यक्ष शरद आचार्यको संयोजकत्वमा आर्थिक समिति, जिल्ला कार्य समिति सिन्धुलीका सचिव उपेन्द्रकुमार पेखरेलको संयोजकत्वमा प्रचार–प्रसार समिति र नेपाल विधार्थी संघ सिन्धुलीका पुर्व सभापती सुमन प्रसाद कोइरालाको संयोजकत्वमा स्वयंम्सेवक समिति गठन गरिएको नेपाल विद्याथी संघ सिन्धुलीका सभापती उत्पल खड्काले जानकारी दिए ।     
त्यसैगरी आसन्न १३ औ महाधिवेशनमा जिल्लामा सभापती देखी लिएर अन्य पदका आकांक्षी नेताहरु धेरै नै छन् । सिन्धुलीमा जिल्ला सभापती, सचिव, महासमिती सदस्य, महाधिवेशन प्रतिनिधिमा र क्षेत्रिय सभापतीमा कडा प्रतिस्पर्धा हुने देखिएको छ भने कोषाध्यक्ष र उपसभापतीमा त्यती धेरैको रुची वढेको देखिदैन । सिन्धुलीका तिनवटै क्षेत्रमा सवैभन्दा वढी महाधिवेशन प्रतिनिधिका लागी कडा प्रतिस्पर्धा हुने काग्रेस सम्बद्ध श्रोतले बतायो । स्रोतका अनुुसार यसपटक लामो समय देखी पार्टीमा लागेका नेता र युवा पुस्ताविच कडा प्रतिस्पर्धा हुने छ । 
यस पटकको अधिवेशनमा सभापतीमा कसले वाजी मार्ला भन्ने आकलन नै गर्न नसकिएको कार्यकर्ताहरु वताउछन् । यस अघिको १२ औ महाधिवेशन वाट सभापति बनेका सिन्धुली क्षेत्र नंं २ का सांसद समेत रहेका मोहन प्रसाद  वराल पुनः सभापतिमै उम्मेदवार बन्ने तयारीमा छन् । १२ औ महाधिवेशनमा उनलाई सहयोग गरेका युवा नेता तथा महासमिती सदस्य उज्वल प्रसाद वराललाई यस पटक उनले साथ छोडेका छन् । युवा नेता वराल यस पटकको जिल्ला सभापतीका वलिया उमेद्वारको रुपमा देखिएका छन । त्यसैगरी सभापतीका उमेद्वारहरु सिन्धुलीका प्रभावशाली नेता तथा महासमिती सदस्य माणिक ढकाल, लामो समय देखी कानुनी क्षेत्रमा रही लोकप्रिय वनेका युवा नेता तथा महासमिति सदस्य पे्रमचन्द्र दाहाल र सिन्धुली क्षेत्र नं १ का संविधान सभा निर्वाचनका पुर्व उमेदवार तथा महासमिती सदस्य विनोद गुरुङ्ग रहेका छन् ।
त्यसैगरी केहि समय अगाडी देखी नै सामाजिक संञ्जाल फेसवुकमा उपेन्द्र पोखरेल विजय अभियान भनेर प्रचार गरी सभापतीको उमेद्वारी वन्ने तयारीमा लागी परेका वर्तमान पार्टी सचिव समेत रहेका उपेन्द्र पोखरेल भने हाल मौन रहेका छन् । साथै मोहन प्रसाद वराल सासंद भएपछि सभापतीको जिम्वेवारी सम्हाली रहेका कार्यवहाक सभापती खड्ग वहादुर वाइवा पनि मौकामा चौका हान्ने दाउमा छन् उनले मुख नखोलेपनि क्षेत्र नं. ३ वाट जिल्ला सभापतीको उमेदवार कोही नभएको कारण सभापती पदमा आफुलाई उभ्याउन सक्ने आकलन गरिएको छ । 
त्यसैगरी सभापती भन्दा सचिव पदमा वढी प्रतिस्पर्धा हुने देखिन्छ । सचिव पदका उमेद्वारहरु एक से एक  देखिएको छ । उक्त पदका लागी महाधिवेशन प्रतिनिधी दिपक घिमिरे, सिन्धुली जिल्ला कोषाध्यक्ष शरद आर्चाय, सिन्धुली क्षेत्र नं. २ का सभापती कृष्ण प्रसाद दाहाल, नेपाल शिक्षक संघ सिन्धुलीका सभापती प्रेम प्रसाद भट्टराइ, नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य तथा महासमिति सदस्य विवश वाइवा र लामो समय पार्टीमा क्रियाशिल नेता अच्युतम ढकाल रहेका छन् । उनीहरु मध्ये सचिव पदमा दिपक घिमिरे अली बलियो दावेदारको रुपमा रहेको स्रोतको भनाई छ ।
त्यसैगरी सिन्धुली क्षेत्र नं. १ मा क्षेत्रिय सभापतीका लागी कर्ण थापा मगर र रमेश गौतमको प्रतिस्पर्धा हुने भएको छ । साथै महासमिती सदस्य र महाधिवेधन प्रतिनिधिका उमेद्वारहरु विपिन कोइराला, गंगा दाहाल, मोहन वहादुर कार्की, रित वहादुर परियार, ध्रुव पहाडी, लाल वहादुर थापा, कृष्ण गौतम, अर्जुन गरुङ्ग, वल वहादुर नेपाली, छलकुमारी सापकोटा, रामनाथ अधिकारी, गंगा गिरी, दान वहादुर तामाङ्ग र मान वहादुर परियार लगाएतका  नेताहरु रहेका छन् ।
क्षेत्र नं. २ मा होम श्रेष्ठ, शुमन प्रसाद कोइराला र कासीराज दाहालको प्रतिस्पर्धा हुने  देखिएको छ भने महासमिती सदस्य र महाधिवेधन प्रतिनिधिका उमेद्वारहरु चिरन्जिवी ढकाल, दिपक मिश्र, मिन वहादुर श्रेष्ठ, बलराम वराल, विजय कुवर, शेखर मिश्र, उत्तम कुमार अधिकारी, विश्वनाथ कोइराला, गणेश बराल, जनक तोलाङ्गे, दिनेश अधिकारी, राजन अधिकारी, शम्भु राउत र उत्तम कुमार अधिकारी लगायतका नेता रहेका छन् ।
 
त्यसैगरी क्षेत्र नं. ३ मा भने जगत वहादुर भोलन र कपिल कोइरालाको प्रतिस्पर्धा हुने स्रोतले जनाएको छ । त्यसैगरी महासमिती सदस्य र महाधिवेधन प्रतिनिधिका उमेद्वारहरु दिपशिखा ढकाल, नवराज श्रेष्ठ(आकास), सरोज मैनाली, शुसिला थिङ्ग, नरेन्द्रजंग थापा, यशोदा कोइराला, जय ढकाल, रंगराज खतिवडा, होमराज दाहाल, केशव प्रसाद भट्टराइ, दोर्जे स्याङ्तान, कान्छामान वल, कुमार ढकाल, कृष्णकिशोर श्रेष्ठ, बाबुराम भट्टराई, श्यामकाजी श्रेष्ठ, भक्त वहादुर वाइवा, विदुर वाइवा, विक्रम घलान, शान्ता कार्की, पार्वती सुनुवार लगाएतका नेताहरु आकांक्षी रहेका छन् ।
त्यस्तै यस पटकको अधिवेशनमा जिल्ला कार्यसमितिमा आउन दर्जनौं युवाहरुले चाहना गरेका छन् । कार्यसमितिलाई वलियो वनाउनका लागी यस पटक युवाहरुलाई नै प्राथमिकता दिने विश्वास कांग्रेस नेताहरुले गरेका छन् । साथै यसअघि आरक्षणकोटामा निर्विरोध हुने गरेकोमा धेरैजसो पदमा प्रतिस्पर्धा हुने नेपाली कांग्रेस स्रोत सिन्धुलीले वताएको छ । 


, ,

0 comments

Write Down Your Responses