Powered by Blogger.
रेडक्रस महाधिवेशनमा एम्बुलेन्सको चरम दुरुपयोग



सिन्धुली, ३० चैत्र । परोपकारी संस्थागत पहिचान बनाएको नेपाल रेडक्रस सोसाइटी यतिखेर आएर तामझाम र दुरुपयोग गर्ने निकाय बन्दै गएको छ । संचारमाध्यममा रेडक्रसकले गरेको अनियमिता समाचार बनिरहेका बेला यहा पनि त्यस्तै भएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रिय सभाको ४६ औं महाधिवेशन सिन्धुलीमा भैरहेको समयमा एम्बुलेन्सको चरम दुरुपयोग त्यसको पछिल्लो उदाहरण हो । सोमबारबाट शुरु भएको महाधिवेशनमा कतिपय जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षकहरु एम्बुलेन्स प्रयोग गरेर भाग लिन आएका छन् ।
सोसाइटीको महाधिवेशनमा भाग लिन आएका ति प्रतिनिधि तथा पर्यवेक्षकले भाग लिन आउदा ल्याएका एम्बुलेन्स सदरमुकाम सिन्धुलीमाढीको होटल तथा गेष्ट हाउसमा भेटिएको छ । विरामी बोक्ने एम्बुलेन्स रेडक्रसका सात सिद्धान्त तथा पारदर्शितालाइ उलंघन गरि प्रतिनिधि तथा पर्यवेक्षकले ताडेका छन् ।
कमलामाइ नगरपालिका ६ मा रहेको कमलामाइ होटल तथा गेष्ट हाउसमा पर्वत जिल्लाबाट आएका प्रतिनिधिले त्यहाको एम्बुलेस ल्याएका छन् । त्यस्तै धेरैजसो होटलमा बिभिन्न जिल्लाका एम्बुलेन्स भेटिएको छ । रेडक्रसकै एक पदाधिकारीका अनुसार परोपकारी संस्था चरम दुरुपयोगको अवस्थामा पुगेको छ । जिल्ला तथा केन्द्रका पदाधिकारीहरुले एम्बुलेन्स तथा भूकम्पका नाममा भित्रिएका सवारी साधनको चरम दुरुपयोग गरिरहेका छन् । 
एम्बुलेन्स तीनदिनदेखि ल्याएर प्रतिनिधिहरुले प्रयोग गर्नु रेडक्रसमा धमिलो छाया देखिनुको संकेत भएको नागरिक अगुवा दिपकबहादुर मिश्र टिप्पणी गर्छन् । दाताहरुले विरामी बोक्न र आपत परेको बेलामा स्वास्थ्य संस्थामा लैजानका लागि दिएको एम्बुलेन्सको चरम दोहन भएको छ, उनले भने, नारामा जहा विपत त्यहा रेडक्रस भनिएको छ, तर व्यवहारमा पदाधिकारीको भोगविलासको सस्थ बनेको छ ।
एम्बुलेन्स प्रयोग गरेर सभासम्मेलनमा पदाधिकारीहरु भाग लिन जानु अराजकताको पराकाष्टा भएको मानवअधिकारकर्मी कृष्णहरि घिमिरे बताउछन् । आपतकालिन अवस्थाका लागि प्रयोग हुने एम्बुलेन्स जस्तो सवारी साधनको दुरुपयोग गर्नेलाइ दण्डित गर्नुपर्ने उनको ठहर छ । एम्बुलेन्स मात्र हैन भूकम्पपछिको पुनर्निर्माणका लागि खरिद गरिएका महंगा सवारी साधन समेत महाधिवेशनमा लर्को नै लागेको थियो । लोगो रेडक्रसको लागेका त्यस्ता सवारी साधन देख्दा परोपकारी संस्थाका स्वयंसेवक पदाधिकारी हैन्, ठुलै आइएनजिओको महाधिवेशन भएको जस्तो भान परेको संचारकर्मी वुद्धकुमार आच्छामीले बताए । परोपकारी संस्थामा भएको दुरुपयोगको छानविन हुनुपर्ने उनको भनाइ छ ।
 रेडक्रसका सिन्धुली जिल्ला सदस्य मिनकुमार दाहालले रेडक्रसकर्मीहरु स्वयंसेवी हुने भएकाले उनीहरुसग खर्च नहुदा एम्बुलेन्स तथा भूकम्प पुनर्निर्माणका काममा प्रयोग हुने सवारी साधन महाधिवेशनमा ल्याइएको हुनसक्ने अनुमान लगाउछन् । दुइ दिनसम्म चल्ने महाधिवेशनमा ७५ अ‍ै जिल्ला प्रतिनिधि तथा पर्यवेक्षक गरि चारसयले भाग लिएका छन् । महाधिवेशनको उद्घाटन सभामुख ओनसरी घर्ती मगरले गरेकी थिइन् ।


,

0 comments

Write Down Your Responses