Powered by Blogger.
सिन्धुलीमा एक सातामा दुई बलात्कृत


जवरजस्ती करणी गर्ने दुई पक्राउ
राजन गाउँले
सिन्धुली १२, जेठ । सिन्धुलीमा करिव एक साताकै विचमा दुई महिलामाथी जवरजस्ती करणी भएको बताइएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका स्थित झाँगाझोली रातामाटाकी एक (बहिरी)  महिलामाथी स्थानीय मनोज चौलागाँइले गत जेठ १ गते घरमै जवरजस्त करणी गरेको प्रहरीले जनायो । 
शारिरिक रुपमा अशक्त महिलालाई जवरजस्त गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाही थालीएको सिन्धुलीका प्रहरी नायव उपरिक्षक सुवासचन्द्र बोहोराले जानकारी दिनु भयो ।
यस्तै गत बुधबार राती गोलन्जोर गाउँपालिका ४ तिनकन्याकी एक महिलालाई सोही ठाउँका २२ वर्षीय एकेन्द्र पूर्वछानेले जवरजस्ती करणी प्रयास गरेका छन् । श्रीमान् घर नभएको मौका पारी उक्त २५ वर्षीया महिलामाथी सुतेकै स्थानमा रातको समयमा पुगी धाक धम्की देखाई जवरजस्ता करणी गर्न खोजेको बोहोराले बताउँनु भयो । 
उक्त महिलामाथी जवरजस्ती गर्ने पूर्वछानेलाई शुक्रबार विहान जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा नियन्त्रणमा राखिएको छ । ‘पक्राउ परेका दुबैमाथी आवश्यक अनुसान्धान थालीएको र जवरजस्ती करणी उद्योग अनुसार कारबाही अघि बढाईने छ,’ बोहोराले भन्नु भयो ।
पुर्वछानेले गाउँमा पहिला देखिनै महिला तथा दिदि बहिनीहरुमाथी दुव्र्यवहार गर्ने, दुख दिने धाक धम्की दिने त्रसाउन जस्ता काम गर्ने गरेको आरोप छ । त्यहि क्रममा बुधबार घरमा बालबच्चा सहित सुतिरहेकी महिललाई जवरजस्त गर्न पुगेपछि स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको तिनकन्याकी खिनमायाँ गुरुङले बताउँनु भयो । 
उनिहरुले दुबै घट्नाका अभियुक्तहरुमाथी कडा कारबाहीको माग गरेका छन् । दुबै घट्नाका पिडितहरुले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दर्ता गराई सकेका छन् भने दुबै पिडितको स्वास्थ्य जाँच गरिएको छ । 


, ,

0 comments

Write Down Your Responses