Powered by Blogger.
आलुचप बेचेर म्यूजिक भिडियो निर्माण





सिन्धुली, ९ जेठ । भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नं.४ (साविक दलगाउँ–४ घर भई हाल ललितपुर लगनखेल बस्ने कमला भुजेलले लोकदोहोरी झुन्डीएर मरौ की भिडियो श्रोता माझ सार्वजनिक गरेकी छिन । 

गल्कोट म्युजिक प्रा.लि.को प्रस्तुतीमा कमला भुजेलको झुण्डिएर मरौंकी बोलको गीतमा सिन्धुलीका कलाकार विनय बुढाथोकीले साथ दिएका छन । 
रामु विरहीको लय र शब्द रहेको उक्त म्यूजिक भिडियोलाई रेशम सापकोटाले निर्देशन गरेका छन भने राहुल राईले छायाँकन गरेका छन् ।
सानै देखि गीत संगितमा रुची भएकी कमला भुजेल आर्थिक समस्याका कारण श्रोता माझ आउन नसकेको गुनासो पोखिन् । उनको पहिलो प्रस्तुती श्रोता माझ ल्याउन ठूलो संघर्ष गर्नु परेको उनको भनाई थियो । 
मान्छेले चाहने हो भने जे पनि सम्भव हुने रहेछ भन्ने उनमा उत्साह बढेको छ । टि.भी., रेडियो, मोवाईलमा गीत गुन्जदा उनलाई आफुपनि त्यस्तै गित र म्यूजिक भिडियो बनाउने रहर लाग्दथ्यो रे, तर आज उनको त्यो सपना पुरा भएको छ । 
उनी फेसबुक र म्यासेन्जरमा रोधीघरमा ग्रुप ज्वाइन्ट गरेर गीत गाउँदा गाउँदै  गीतको लत बसेर नी आज श्रोता माझ लोक दोहोरी गीत लिएर आउन सफल भएको भुजेलले बताईन ।
कमलाले ललितपुरको थसिखेलमा ठेलागाडामा दैनिक आलुचप बेचेर डेरा खर्च र छोराछोरीलाई स्कुल भर्ना गरेर बचत भएको पैसा लगानी गरेर भिडियो निकालेकी हुन ।
समाजमा दिनानुदिन माया प्रिती र विभिन्न तनावले झुण्डिएर आत्महत्या गर्नेको संख्या बढिरहेको यस घडीमा उनको जोडी झुण्डिएर मरौंकी भन्दै गर्दा कमलाले झुण्डिएर मर्नु हुँदैन भन्ने सन्देश गीत मार्फत दिइएकी छन् ।
उनको गीत आज युटुबमा चर्चा आएको छ । साथै झुण्डिएर मरौकी गीत युटुव र फेसबुकमा भएकाले सबै श्रोतालाई एकचोटी हेरेर प्रतिक्रिया दिन पनि कमलाले सवैलाई आग्रह गरेकी छिन । 


0 comments

Write Down Your Responses