Powered by Blogger.
बुढाथोकीको फौजी, फिल्मी र राजनैतिक यात्रा


सिन्धुली, ३० श्रावण । आईतबार सिन्धुलीमाढीमा भेटिएका जिल्ला समन्यव समिति सदस्य चित्र बहादुर बुढाथोकी(सन्तोष) फोटोसहितको मतदाता नामावली संकलन र तराईको बाढी पिडितको विषयलाई लिएर निक्कै चिन्तीत थिए । किनकी मतदाता नामावली संकलनमा जनताको बढी सहभागीता गराउने उनको दैनिकी थियो भने बाढी र पहिरोका कारण देश डुबेको पिडाले उनको समाजसेवी भावनालाई छोएको थियो । उनि भन्दै थिए ‘जनताको मतदानको अधिकारलाई सुरक्षित गर्न निक्कै मेहनत गरिरहेको छु ।’ साथै बाढी पहिरोले सिङ्गो देशबासीलाई दिएको पिडाले मलाई पनि निक्कै दुखीत बनाएको छ तराईका बाढी पिडित र पहाडका पहिरो पिडितको लागी के गर्न सकिन्छ भन्ने योजना बनाउँदै छु ।’
फौजी जिवनमा बुढाथोकी । तस्वीर फेसबुकबाट । 
आजकाल समाज सेवा र राजनैतिक परिवर्तन उनको पहिलो लक्ष्य रहेको छ । २०३७ साल जेठ १९ गते कमलामाई नगरपालिका–२ चियाबारीमा मध्यम वर्गिय परिवारमा आमा इन्द्रमायाँ बुढाथोकी र बुवा गोपाल बहादुर बुढाथोकीको कोखबाट जन्मीएका सन्तोष उमेरले ३७ बसन्त पार गरेका छन । उनमा समाजको लागी केहि गनुपर्छ भन्ने युवा जोश जागर र उत्साह छ ।
फिल्मी जिवनमा बुढाथोकी । तस्वीर फेसबुकबाट । 
कमला उमाविबाट प्रवेशीका परीक्षा उत्र्तिण गरेका बुढाथोकीले प्रमाणपत्र तह सम्मको अध्यन गरेका छन । प्रमाणपत्र तह अध्यनको लागी राजधानी पसेका उनी राष्ट्र र राष्ट्रियता प्रति सेवा गर्ने रहर जागेर आएपछि २०५७ सालमा नेपाली सेनामा भर्ति हुन पुगे । नेपाली सेनाको बर्द बहादुर गणबाट जागीरको सुरु गरेका उनले सन २००७ मा शान्ति सेनाको रुपमा हैटीमा ६ महिना समेत विताएर फर्किए । 
फिल्मी जिवनमा बुढाथोकी । तस्वीर फेसबुकबाट । 
उनले २०६३ सालमा शान्ति सम्झौता हुनुपुर्व नै नेपाली सेनाको जागीर पनि छाडे । बुढाथोकी भन्छन, ‘आफ्नै भाई भाईको युद्ध स्वभाविक लागेन त्यसैले नेपाली सेनाको जागीर छाडिदिए ।’ उनको नेपाली सेना बनेर राष्ट्रसेवा गर्ने सपना १० वर्षे गृहयुद्धका कारण बिचैमा टुंगिन पुग्यो । 
जागीर छाडेर निस्कीएका उनी पुन राजधानीमा बसेर कला क्षेत्रमा प्रवेश गर्ने सोच बनाए । २०६४ मा म्यूजिक भिडियो तर्फ प्रवेश गरेका उनले पहिलो म्यूजिक भिडियो अन्जु पन्तको ‘तिमि त मायाँ गर्ने मान्छे’ बोलको गितमा खेलेको बताए । त्यो सँगै उनले १ दर्जन भन्दा बढी म्यूजिक भिडियो खेलेका छन ।
फिल्मी जिवनमा बुढाथोकी । तस्वीर फेसबुकबाट । 
म्यूजिक भिडियो मात्र होइन उनले विभिन्न् नेपाली चलचित्रमा समेत भुमिका निर्वाह गरेका छन । उनले बन्दी, त्यो १० घण्टा, तिर्सना, किन किन नामको चलचित्रमा अभिनय गरेका छन । परिवर्तनको सोच बोकेका बुढाथोकी फिल्मी क्षेत्रमा पनि खासै जम्न सकेन्न् । उनी भन्छन, ‘फिल्मी क्षेत्रमा नातावाद र कृपाबाद हावि छ, यो परिवर्तन जरुरी छ ।’
फिल्मी जिवनमा बुढाथोकी । तस्वीर फेसबुकबाट । 
नेपालमा शान्ति प्रक्रिया पछि राजधानी बसेर फिल्मी क्षेत्रमा काम गरिरहेका बुढाथोकी गाउँमै बसेर समाजिक कार्यमा सहभागी बन्ने सोचका साथ २०६७ सालतिर आफ्नो जन्मभुमी फर्किए । जन्मभुमीमा फर्केर उनले आफ्नै व्यक्तिगत ५ लाख भन्दा बढी लगानीमा चियाबारी हाईट प्रतिक्षालयको निर्माण गरे । यो उनको पहिलो सामाजिक काम थियो । उनी भन्छन, ‘सामाजिक काम गर्ने सोच पहिलो कुरा हो, सहयोग र मायाँ अबश्य पाइन्छ भन्ने मलाई विश्वास छ ।’ राजनैतिक रुपमा खासै सक्रिय नरहेका उनले पछिल्लो समय राजनीतिमा समेत चासो राख्न थाले । नेपालका राजनैतिक नेताहरुमा प्रचण्डनै परिवर्तनको पक्षधर नेताको रुपमा देखिएकाले उनैले नेतृत्व गरेको नेकपा(माओवादी)पार्टीको सदस्यता लिएर राजनैतिक यात्रा सुरु गरेको उनी बताउछन ।
राजनैतिक जिवनमा बुढाथोकी । तस्वीर फेसबुकबाट । 
उनले माओवादी पार्टीमा लागेर वाईसीएल नगर इन्चार्ज र नेकपा(माओवादी केन्द्र)को जिल्ला कमिटी सदस्यको भुमीका समेत निर्वाह गरिसकेका छन । कम बोल्ने तर यर्थात बोल्ने स्वभाव भएका सन्तोष २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा(माओवादी केन्द्र) को तर्फबाट कमलामाई नगरपालिका–२ बाट वडा सदस्यमा ७६९ मत प्राप्त गरी बिजयी पनि भए । तब सुरु भयो उनको समाजसेवा गर्ने चाहानाको पहिलो बैधानिक खुडकिलो ।
राजनैतिक जिवनमा बुढाथोकी । तस्वीर फेसबुकबाट । 
बुढाथोकी भरखरै सम्पनन् जिल्ला समन्यव समितिको निर्वाचनमा जिल्ला सदस्यमा बिजयी भएर समाजसेवाको दोश्रो बैद्यानिक फोरममा पुगेका छन । संभावना र चुनौतिको विचबाट देश अगाडि बढीरहेको बेलामा सदस्यको रुपमा जिल्ला समन्यव समितिमा प्रवेश गरेका बुढाथोकीको अगाडि संभावना र चुनौति दुवै कुरा छन । यी दुवै पक्षलाई बुढाथोकीले कसरी व्यवस्थापन गर्छन र उनको यात्रा कतिको फलदायी हुन्छ भन्ने कुरा हेर्न भने बाँकी नै छ । फौजी र फिल्मी क्षेत्रको ज्ञान संगाली सकेका बुढाथोकीले राजनैतिक क्षेत्रका चुनौतिहरुलाई पनि सहज ढंगले पचाउँदै अगाडि बढ्न सकुन हाम्रो तर्फबाट शुभकामना ।। 


,

0 comments

Write Down Your Responses