Powered by Blogger.
पार्टीको आचरण सुधाराैं, इमानदारी अवलम्बन गरौँ र भ्रष्टाचारविरुद्ध लडौँ !


  • सी चिनफिङ

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङको प्रस्तुत लेख सन् २०१४ को जनवरी १४ मा प्रकाशित लेख हो । सी चिनफिङ विचारधाराबारे नेपालमा पनि चर्चा परिचर्चा छ । वास्तवमा सी चिनफिङ विचारधारा के हो भन्ने कुरा गहिराइमा बुझ्न यो लेख पनि उपयोगी हुने भएकाले यहाँ प्रकाशित गरिएको छ । नेपालको सत्तारुढ नेकपाभित्र गहिरिँदो भ्रष्टाचार र विकृति रोकथाम गर्न यो लेख नेकपाका नेताहरूको लागि पनि पठनीय हुनेछ । 

पार्टीले आफ्नो आचरणलाई अवलोकन गर्नुपर्छ र आफूलाई कडा अनुशासनमा सञ्चालन गर्नुपर्छ अनि पार्टीको आचरणलाई सुधार्नका लागि इमानदारीलाई समर्थन गर्न र भ्रष्टाचारका विरुद्ध लड्नका लागि पार्टीको नेतृत्वलाई बलियो बनाउनुपर्छ भन्ने सिद्धान्तलाई हामीले अनुसरण गर्नुपर्छ । भ्रष्टाचारविरुद्ध राम्ररी लड्नका लागि हामीले हाम्रा संस्थाहरूलाई सुधार्नुपर्छ । हामीले राजनीतिक र बौद्धिक शिक्षाका हाम्रा प्रयत्नहरूलाई दोब्बर बढाउनुपर्छ, कडा पार्टी अनुशासनलाई मजबुत पार्नुपर्छ, औपचारिकतावाद, कर्मचारीतन्त्र र विलासीपन, फजुल खर्चलाई हटाउनुपर्छ, भ्रष्टाचारलाई निर्मूल गर्न कठोर हुनुपर्छ र जनताका मागहरूको सम्बोधन गर्नुपर्छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले २०१३ मा पार्टीको आफूले आचरण सुधार्ने, इमानदारीलाई प्रश्रय दिने र भ्रष्टाचारविरुद्ध लड्ने कुरालाई प्राथमिकतामा राख्यो । केन्द्रीय समितिले गरेको निर्णय र बनाएको योजनासित अनुकूल हुने गरी पार्टीको अनुशासनलाई सुदृढ पारेर, खास गरेर राजनीतिक अनुशासनलाई मजबुत बनाएर, निरीक्षणलाई बाध्यकारी रुपमा वृद्धि गरेर र भ्रष्टाचारसम्बन्धी मुद्दाहरूको जाँच बुझमा सुधार गरेर र तिनलाई कानुनी दायरामा ल्याएर भ्रष्टाचारविरुद्ध दृढतापूर्वक लडेको छ । पार्टी समितिहरूका, सरकारी संयन्त्रहरूका, अनुशासन आयोगहरूका र निरीक्षण एजेन्सीहरूका संयुक्त प्रयासबाट सबै तहमा पार्टीको आचरणमा सुधार ल्याउने, स्वच्छ सरकारको सुनिश्चितता गर्ने र भ्रष्टाचारविरुद्ध लड्ने काममा प्रगति भएको छ । राजनीतिक विभागको उदाहरणीय भूमिकालाई जोड दिँदै चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक विभागबाट अभियान सुरु भयो । ज्वलन्त समस्याहरूलाई समाधान गरेर हामीले दुराचारलाई निर्मूल गर्न र इमानदारीलाई प्रवर्धन गर्न सुरु ग¥यौँ र यी कार्यमा हामीले उल्लेखनीय प्रगति गरेका छौँ । भ्रष्टाचारका मुद्दामा दृढतापूर्वक काम गर्दा हामीले ‘बाघहरू’ र त्यसरी नै झिँगाहरूलाई पनि समातेका छौँ र यसरी भ्रष्टाचारी कर्मचारीविरुद्ध एउटा मजबुत दृष्टिकोणको विकास गरेका छौँ ।
निरीक्षण र अनुशासनलाई बलियो बनाएका छौँ र जनताका उजुरी र अनुगमनका लागि मार्गप्रशस्त गराएका छौँ ।
हाम्रा प्रवृत्तिहरूलाई संस्थागत गर्दा हामी के कुरामा समेत सचेत हुनुपर्छ भने अझै पनि भ्रष्टाचारका लागि अनुकूल वातावरणहरू विद्यमान छन् । भ्रष्टाचार विरुद्धको लडाइँ एउटा गम्भीर र जटिल चुनौती हो । दुराचार र भ्रष्टाचारको उदाहरणहरूले समाजमा प्रतिकूल असर पारेका छन् र तिनीहरूलाई तत्कालै सम्बोधन गरिनुपर्छ । सम्पूर्ण पार्टीले के बुझ्नुपर्छ भने भ्रष्टाचार विरुद्धको लडाइँ दीर्घकालीन, जटिल र कठिन कार्य हो । हामी हाम्रो प्रतिज्ञामा दृढ रहनुपर्छ र अन्त्यसम्म अभियान सञ्चालन गर्नका लागि ठूलो साहस प्रदर्शन गर्नुपर्छ । गम्भीर रोगको उपचारका निम्ति औषधिको कडा मात्रा लिएजस्तै अराजकतालाई सम्बोधन गर्न हामीले कडा नियमहरू लागू गर्नुपर्छ ।
सजाय र रोकथामद्वारा भ्रष्टाचारविरुद्ध लड्न स्वस्थ पद्धतिको विकासले हाम्रो राष्ट्रिय रणकौशलको प्रतिनिधित्व गर्दछ । २०१३ मा केन्द्रीय समितिले ‘सजाय र रोकथाम दुवै विधिबाट भ्रष्टाचारविरुद्ध लड्ने पूर्ण पद्धति स्थापनार्थ कार्य योजना २०१३–२०१७ जारी ग¥यो । यो त्यो प्रलेख हो जसले हाम्रो रणकौशलको मार्ग निर्दिष्ट गर्दछ । सबै तहका पार्टी समितिहरूले उक्त प्रलेखका सबै भागलाई अक्षरशः कार्यान्वयन गर्नुपर्छ, जुन सुधार विकास र स्थायित्वका लागि हाम्रो प्रयासका माध्यमद्वारा गरिएको एउटा महत्वपूर्ण राजनीतिक कार्य हो ।
पार्टी र जनताबीचको घनिष्ट सम्बन्ध कायम राख्ने सम्बन्धमा यसलाई हामीले अभियानभन्दा बाहिरको कुराका रुपमा लिन र यसअघि जे गरिएको छ त्यसैमा सन्तुष्ट हुने कुरा सोच्नेजस्तो व्यवहार गर्न सक्दैनौँ । यो एउटा अविच्छिन्न र अनवरत प्रयास हुनुपर्छ । सौभाग्यवश हामीले यसअघि नै निर्वाधरूपमा एउटा असल थालनी गरिसकेका छौँ र यसलाई यहाँबाट कदम कदम अगाडि बढाएर जान सक्छौँ । यदि हामी स्वच्छ पार्टी संस्कृतिको विकास गर्न चाहन्छौँ भने सर्वप्रथम हामीसित दृढ विश्वास हुनुपर्छ र मनमा पार्टीको प्रगतिको, आधारभूत लक्ष्यको र पदाधिकारीहरूका आवश्यकताको ख्याल राख्नुपर्छ । पार्टीको नेतृत्वमुनि रहेका पदाधिकारीहरूका रूपमा हामीले जनताका हित र व्यक्तिगत हितलाई छुट्याउनुपर्छ र जनताको हितलाई व्यक्तिगत हितभन्दा अगाडि राख्नुपर्छ । यदि हामीले सधैँ जनताको हितका लागि काम गर्न सक्यौँ भने मात्र हामी हाम्रो आचरणमा इमानदार हुन सक्छौँ र अधिकार प्रयोग गर्ने काममा होसियार हुन सक्छौँ । व्यक्तिगत चाहनाहरू र जनताका आकाङ्क्षाहरू पूरा गर्ने सन्दर्भमा भ्रष्टाचार, सार्वजनिक कोषको सार्वजनिक हितका लागि खर्च गरिनुपर्छ । राज्यशक्तिलाई जनताको हितका लागि सञ्चालन गरिनुपर्छ र यसलाई व्यक्तिगत हितको साधनका रुपमा कहिल्यै पनि प्रयोग गरिनु हुँदैन । अधिकारीहरूले यो कुरा सँधै मनमा राख्नुपर्छ । सार्वजनिक र व्यक्तिगत चाखका बीचमा सुस्पष्ट भिन्नता बनाउनुपर्छ, आफूलाई जनताको सेवामा समर्पण गर्नुपर्छ र कडा आत्म अनुशासन लागू गर्नुपर्छ ।
भ्रष्टाचारविरुद्ध दृढतापूर्व लड्नु र पार्टीलाई शक्तिको असीमित अधिकारद्वारा भ्रष्टीकरण र अधोपतनबाट रोक्नु दुईवटा प्रमुख राजनीतिक कार्य हुन् । यस विषयमा हामीले कठिन परिश्रम गर्नुपर्छ । हामीहरू भ्रष्टाचार निर्मूल गर्ने कुरामा दृढ रहनुपर्छ र यसका निम्ति शून्य सहनशीलता प्रदर्शन गर्नुपर्छ । एक पटक कुनै भ्रष्टाचारी अधिकारीको पहिचान भइसकेपछि, हामीले विस्तृत छानबिन गर्नुपर्छ । भ्रष्टाचारलाई रोक्न र नियन्त्रण गर्नका लागि महत्वपूर्ण कुरा यसको विकासको प्रारम्भिक अवस्थामा नै रोग पत्ता लागिसकेपछि तदारुकताका साथ उपचार गरे जसरी नै, पत्ता लाग्नेबित्तिकै, भ्रष्टाचारका समस्याहरूलाई सम्बोधन गर्ने कदम चाल्नुपर्छ । भ्रष्टाचारविरुद्ध कदम चाल्न गरिने कुनै पनि प्रकारका ढिलासुस्तीले अरु बढी जटिल समस्याहरूतिर अग्रसर गराउने छ र त्यसो हुन दिनुहुन्न । हरेक अधिकारीले तपसिलका कुरालाई मनमा राख्नुपर्छ । “जनताको सन्दुसया हात हाल्ने कोसिस नगर किनभने चोरी गर्ने हात कुनै हालतमा पनि समातिन्छ र मानौँ त्यसमा पुग्नै सकिंदैन कि झैं गरी, असल कुराको विषयमा सोच मग्न हुन, खराब कुरा सोच्नु र त्यसबाट पर हट्नु, भकभक उम्लेको पानीमा हात डुबाएर झिक्नुजस्तै हो ।” भ्रष्टाचारीहरू भ्रष्टाचारको सजायबाट उम्कने आशामा भाग्यमाथि विश्वास गर्नुभन्दा पार्टीको अनुशासन र राज्यको कानुनबाट डराउनुपर्छ ।
अरु बढी सुधारका काम गरेर हामीले पार्टीको आचरण सुधार्नु र इमानदारीलाई प्रोत्साहन दिएर भ्रष्टाचारविरुद्ध लड्नुपर्छ । हामीले पार्टीको अनुशासन अनुगमन पद्धतिलाई सुधार्नुपर्छ, भ्रष्टाचारविरुद्ध लड्ने पद्धति र संयन्त्रमा सुधार गर्नुपर्छ, हेलचक्याइँ विरुद्धको अनगुमनलाई दोब्बर बनाउनुपर्छ, सत्ताको दुरुपयोगलाई रोक्नुपर्छ र अनुशासन अनुगमन समितिको स्वतन्त्रतालाई सबै तहमा सुनिश्चित गरिनुपर्छ । हामीले अधिकार प्रयोग गर्नका लागि शक्ति सन्तुलनमा सुधार गर्नुपर्छ, शक्तिको वैज्ञानिक बाँडफाँड गर्नुपर्छ र एउटा प्रभावकारी ढाँचा तयार गर्नुपर्छ । हामीले नेतृत्वमा रहेका अधिकारीहरूमाथि विशेष ध्यान दिएर र तिनीहरूले आफ्ना अधिकार कसरी प्रयोग गर्छन् भन्ने कुरामा विशेष ध्यान दिएर, भूलवश गर्ने गल्तीप्रति सतर्कतापूर्वक कडाइ गर्नुपर्छ र नेतृत्वभित्र एक अर्काको निरीक्षणलाई गहन बनाउनुपर्छ । हामीले पारदर्शितामा वृद्धि गर्नुपर्छ, कानुनअनुरुप शक्ति अभ्यास भइरहेको छ भन्ने कुरालाई सार्वजनिक गर्नुपर्छ र शक्ति ठीक किसिमले प्रयोग भइरहेको छ भन्ने कुरा सुनिश्चित गर्न जनतालाई अवलोकन गर्न दिनु्पर्छ । भ्रष्टाचारविरुद्ध लड्नका लागि पार्टी समितिहरू कर्तव्यनिष्ठ हुनुपर्छ, पार्टी अनुशासन आयोगहरूले अनुगमनको दायित्व वहन गरेको हुनुपर्छ । हाम्रा संस्थाहरूलाई बाहिरी देखावटी रुपका मात्र हुनबाट रोक्नका लागि तिनीहरू सबैले उत्तरदायित्वपूर्ण पद्धतिलाई मजबुत गर्नुपर्छ । सबै पार्टी समितिहरू पार्टी अनुशासन अनुगमन आयोग र अरु सान्दर्भिक विभागहरूले तिनीहरूका उत्तरदायित्व पूरा गर्नुपर्छ । सुधारका कदमहरूलाई अवलम्बन गर्नका लागि दण्ड र रोकथाम दुवै तरिकाले भ्रष्टाचारविरुद्धको लडाइँको विस्तार गर्नेदेखि लागू गर्नेसम्मका सबै छिद्रहरू बन्द गर्ने र सुधारको एकनासको प्रगति गर्नेजस्तै गरी सबै तहमा भ्रष्टाचार विरुद्धको लडाइँमा एकैसाथ लाग्नुपर्ने कुरा हामीले मनमा लिनुपर्छ ।
पार्टी अनुशासनप्रतिको हाम्रो आज्ञाकारिता सर्तरहित हुनुपर्छ । हामीले हाम्रा वाणीलाई कार्यरुपमा फेर्नुपर्छ र पार्टी अनुशासनलाई पूर्ण रुपमा लागू गरिएको छ र कुनै पनि प्रकारको अनुशासन उल्लङ्घन माथि छानबिन गरिन्छ भन्ने कुरा सुनिश्चित हुनुपर्छ । हाम्रा उपलब्धिहरूलाई हामीले दराजको कुनामा थन्क्याइने धुले प्रलेख हुन दिनुहुन्न । सबै तहका पार्टी सङ्गठनहरूले पार्टीका राजनीतिक सिद्धान्तहरूलाई मान्नुपर्छ भन्ने आवश्यक छ र यस्तो सजगतामा वृद्धि गर्नुपर्छ र सबै तहमा पार्टीका सङ्गठनहरूले पार्टीको राजनीतिक अनुशासनलाई पालना गर्नुपर्ने कुरामा सजगता बढाउनुपर्छ र सबै तहमा अनुशासन आयोगहरूले सबै पार्टी सदस्यहरू बौद्धिक र राजनीतिक रुपमा अनि त्यसरी नै तिनीहरूका व्यवहारमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिसित सम्बद्ध छन् भन्ने कुरा सुनिश्चित हुनुपर्छ र सबै तहमा अनुशासन अनुगमन आयोगहरूले तिनीहरूका प्राथमिकतालाई पार्टीको राजनीतिक अनुशासनको सुरक्षाकवचका रुपमा हेर्नुपर्छ ।
पार्टीले आफ्नो सङ्गठनबाट आफ्नो शक्ति प्राप्त गरेको हुन्छ र त्यसबाट निरन्तर रुपमा शक्ति प्राप्त गरिरहेको हुन्छ । हामीले पार्टीको साङ्गठनिक अनुशासनलाई र पार्टी भावनालाई वृद्धि गर्नुपर्छ, जुन एउटा दृढ भावनाको कुरा हो । हामी कम्युनिस्टहरू, खासगरी नेतृत्वमा रहेका अधिकारीहरू उदार मनमा हुनुपर्छ र हामीले उच्च लक्ष्य लिनुपर्छ । हामीले सधैं पार्टी, जनता र देशको हितलाई मनमा राख्नुपर्छ र होसियारी र इमानदारीपूर्वक पार्टी भावनालाई समर्थन गर्नुपर्छ र हाम्रा सिद्धान्तहरूप्रति दृढतापूर्वक जोड दिनुपर्छ । सबै पार्टी सदस्यहरूले सधैँ के कुरा स्मरण गर्नुपर्छ भने सर्वप्रथम हामी चिनियाँकम्युनिस्ट पार्टीका सदस्य हौँ र हाम्रो प्रथम कर्तव्य यसको लागि काम गर्नु हो, यसप्रति इमानदार रहनु हो र जति बेला पनि आफूलाई यससित एकाकार गराउनु हो । सबै पार्टी सदस्यहरूले सधैँ के सम्झनुपर्छ भने हामी सङ्गठनका हिस्सा हौँ र सङ्गठनप्रति विश्वास गर्नु, भरपर्नु र आज्ञाकारी हुनुपर्छ, सङ्गठनात्मक व्यवस्थापन र अनुशानसम्बन्धी नियमनलाई हार्दिकतापूर्वक स्वीकार गर्नुपर्छ र पार्टीको एकतालाई रक्षा गर्नुपर्छ ।
जनवादी केन्द्रीयता र अन्तरपार्टी सङ्गठनका क्रियाकलापहरू पार्टीका महत्वपूर्ण पक्ष हुन् र यिनीहरूको पूर्णरूपमा कार्यान्वयन गरिनुपर्छ । नेतृत्वपङ्क्ति र सबै तहका अधिकारीहरूले रिपोर्टिङ पद्धतिलाई कठोरतापूर्वक अनुसरण गर्नुपर्दछ । हामीले पार्टी सदस्यहरूको साङ्गठनिक व्यवस्थापनलाई मजबुत बनाउनुपर्छ र सबै पार्टी सदस्यहरू र अधिकारीहरूलाई पार्टी सङ्गठनप्रति सही दृष्टिकोण विकास गर्नका लागि हाम्रा कामलाई आफ्नो बोली अनुरुप मिलाउँदै, साँचो बोल्दै र सङ्गठनको शिक्षालाई अँगाल्दै र निरीक्षण गर्दै पथ प्रदर्शन गर्नुपर्छ । सबै तहका पार्टी सङ्गठनहरूले साङ्गनिक अनुशासनलाई पूर्णरुपमा अवलोकन गर्नुपर्छ । यस सम्बन्धमा आपत्ति जनाउनुहुँदैन र पार्टीलाई विविधताको शक्तिशाली केन्द्रका रुपमा सुरक्षित गर्नका लागि पार्टी अनुशासन उल्लङ्घन गर्ने कार्यलाई दुरुत्साहित गर्ने र सुधार्ने नैतिक बल हुनुपर्छ ।
केन्द्रीय समितिले बनाएका नीति र योजनाहरू, पार्टी सङ्गठनका विभागहरू, जनवर्गीय सङ्गठनहरू, संयुक्त मोर्चा विभाग र कानुनी, खरिद–बिक्रीसम्बन्धी र सार्वजनिक सुरक्षा अङ्गहरूले मात्र होइन जनकाङ्ग्रेसका पार्टी सङ्गठनहरू, सरकार, जनअदालत र सबै तहका वकिल कार्यालयहरूलगायत सार्वजनिक संस्थाहरूमा रहेका पार्टी सङ्गठनहरूले यससम्बन्धमा आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ । यस्ता सबै पार्टी सङ्गठनहरूले यस सम्बन्धमा आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ । सामान्यतया पार्टी सङ्गठन पार्टी समितिहरूप्रति उत्तरदायी हुनुपर्छ, उनीहरूका कामको रिपोर्टिङ पार्टी समितिहरूमा हुनुपर्छ र पार्टी समितिको नेतृत्वमा उनीहरूले आफ्नो काम र कर्तव्य पूर्ण रुपमा सम्पादन गर्नुपर्छ ।


, ,

0 comments

Write Down Your Responses