Powered by Blogger.
जन्मदिनमा अनाथ बिध्यार्थीहरुलाई सहयोग


सिन्धुली, १३ पौष । कमलामाई नगरपालिका–५ का समाजसेवी केदार प्रसाद देवकोटाले आफ्नो जन्मदिन अनाथ विद्यार्थीहरुलाई दान गरि मनाउनुभएको छ । 

कमला जनज्योती मावि सिलामेमा आवाशीय रुपमा अध्यन गरिरहेका ३४ जना विद्यार्थीहरुलाई खाद्ययान तथा स्टेशनरी प्रदान गर्नुभएको हो । 

पुण्य कर्म गर्यो भने त्यही नै धर्महुन्छ भन्ने मनोभावका साथ अनाथ विद्यार्थीहरुलाई जन्मदिनको अवसरमा सानो सहयोग गरेको देवकोटाले बताउनुभयो । 

देवकोटाले भन्नुभयो, “विद्यार्थीहरुलाई सहयोग सदैब रहने भएपनि जन्मदिनमा अन्यत्र फजुल खर्च गर्नुभन्दा साहारा विहिन विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा आफु अत्यन्तै हर्षित भएको छु ।”उहाँले जन्मदिनमा फजुल खर्च गर्नेहरुलाई सामाजिक काममा त्यस्तो रकम खर्च गर्न आग्रह समेत गर्नुभयो । देवकोटा पेशागत हिसाबले नेपाली सेनाबाट अवकाशप्राप्त हुनुहुन्छ । उहाँ भुतपुर्व सैनिक संगठनको जिल्ला सचिबको जिम्मेवारीमा रहेर सामाजिक क्रियाकलाप गरिरहनुभएको छ । 

आफ्नो जन्मदिन मनाउन स–परिवार विद्यालय पुगेका देवकोटालाई विद्यार्थीहरु तथा विद्यालयका निबर्तमान अध्यक्ष  भक्त नारायण श्रेस्ठ, शिक्षकहरु नन्दलाल श्रेस्ठ, पुर्व अध्यक्ष  विजयलाल श्रेस्ठ लगायतले स्वागत गर्नुभएको थियो । 

३४ जना अनाथ विद्यार्थीहरुलाई आवाशीय रुपमा राखिरहेको विद्यालयले थुप्रै सामाजिक अभियान्त तथा संघ, संस्थाहरुबाट प्राप्त नगद तथा जिन्सी सहयोगबाट विद्यार्थीहरुको दैनिक जीवनलाई सहज बनाउँदै आईरहेको छ । 



, ,

0 comments

Write Down Your Responses