Powered by Blogger.
सुनकोशी नदि बाढिको पिडा


रबरबोट र लाईफ ज्याकेटले विद्यार्थीमा ल्याएको खुसी 

ठुलोकान्छो सार्की 

सिन्धुली, फिक्कल । फिक्कल गाउँपालिका वडा नं.६ तिनखण्डे राईगाउँमा रहेको आधारभुत विद्यालयमा कक्षा ५ मा अध्यनरत सेर बहादुर माझी एक साता अघि सम्म आफ्नो पढ्ने इच्छा पुरा गर्न टिउबाट सुनकोशी नदि वारपार गरिरहेका थिए । 

विद्यालयमा भेटिएका उनले निक्कै मलिन स्वरमा भनेका थिए, “म भाई सहित पारिबाट टिउमा आउछु, सजिलै आउँछु तर कहिले काँहि समस्या पर्छ ।” वारी आउन खोज्दा पारि नै पार लाग्छ टिउ , उनै सेर बहादुर माझी जस्तै २ दर्जन बढि विद्यार्थीहरु ओखलढुंगा गाउँपालिकाको वडा नं.१ र ४ बाट सुनकोशी नदि टिउमै पार गरेर फिक्कल गाउँपालिकाको विद्यालयमा आउने गर्थे । 

२०८१ असोज ११ र १२ को अविरल वर्षाको कारण सुनकोशी नदिमा आएको वाढिले फिक्कल गाउँपालिका–६ तिनखण्डे र ओखलढुङ्गा सुनकोशी गाउँपालिका–४ जेरुङ्गघाटको झोलुङ्गे पुल बगाएपछि   सुनकोशी गाउँपालिका–१ र ४ ढेवुवा र जेरुङ्गबाट फिक्कल–६ स्थित आधारभुत विद्यालय तिनखण्डे राईगाउँमा बाल विकास देखि कक्षा ५ सम्म अध्यन गर्ने १६ जना  विद्यार्थी र रत्नगंगा माबि सोखु डिहिटारमा कक्षा ६ देखि ८ सम्म अध्यन गर्ने  ९ जना विद्यार्थीहरु टिउ मार्फत जोखिमपूर्ण यात्रा गरेर सुनकोशी ओहोरदोहोर गरिरहेका थिए । 

कात्तिक २५ गतेबाट विद्यालय खुलेदेखी मंसीर दोश्रो साता सम्मकोे उनीहरुको कठिन यात्रा निरन्तर जारी नै थियो । तर मंसीरको अन्तिम साताबाट भने उनीहरुको त्यो जोखिमपूर्ण र कहाली लाग्दो यात्रामा केहि खुसी थपिएको छ । 

विद्यालयका शिक्षक, अभिभावक, स्थानीय सरकार, जिल्ला दैवि प्रकोप ब्यवस्थापन समिति र जिल्ला स्थित सुरक्षा निकाय सबैको जिम्मेवार पहल पछि उनीहरुले रबरबोट र लाईफज्याकेट सहित सुनकोशी नदि वारपार गर्ने सुविधा प्राप्त गरेका छन । 

उनीहरुलाई गृह मन्त्रालयले अन्र्तगत विपद प्राधिकरणले ३ वटा रोबरबोट र नेपाल रेडक्रश सोसाईटी सिन्धुलीले लाईफ ज्याकेट उपलब्ध गराएपछि अभिभावक, विद्यार्थी र शिक्षकहरुमा खुसी छाएको छ । आधारभुत विद्यालय तिनखण्डे राईगाउँमा कक्षा ४ मा अध्यनरत विद्यार्थी सुदिप माझीले रबरबोटमा यात्रा गर्न पाउँदा आफुहरु निक्कै खुसी र सुरक्षित भएको बताए । 

बिपद प्राधिकरण मार्फत प्राप्त रबरबोटको नियमित सञ्चालनका लागी फिक्कल गाउँपालिका कार्यालयले चालकको ब्यवस्थापन गरेको छ । हिउँदो यामको लागी विद्यार्थी आवत जावतको ब्यवस्था भएपनि बर्षायाममा रबरबोटबाट विद्यार्थी वारपार गर्ने संभावना हुँदैन । त्यसैले सुनकोशीले बगाएको झोलुङ्गेपुल चाडै पुर्ननिर्माण गरेर स्थायी समाधान खोज्नुपर्ने आधारभुत विद्यालय तिनखण्डेकी प्रधानाध्यापक सबिता पौडेल बताउनुहुन्छ । 

सुनकोशी बाढिका कारण सिन्धुली र रामेछाप तथा ओखलढुंगा भुगोल जोड्ने आधा दर्जन झोलुङ्गे पुल बगाएको थियो भने दर्जनौं विद्यालयहरुमा भौतिक क्षति पुगेको थियो । क्षतिग्रस्त विद्यालयहरुको पुननिर्माणका कामहरु भैरहेका छन भने बगाएका पुलहरुको निर्माणको काम हुन सकेको छैन । खुर्कोटको पक्की पुल नेपाली सेनाले बनाइसकेको छ भने अन्य झोलुङ्गे पुलहरुको पुर्ननिर्माणको काम कहिले र कस्ले सुरु गर्ने ठेगान छैन । जस्का कारण स्थानीय तथा विद्यार्थीहरुले जोखिमपूर्ण यात्रा गरिरहेका छन । 

सिन्धुलीको सुनकोशी गाउँपालिका–६ चैनपुर र रामेछापको खाडादेवी गाउँपालिका–४ लाई जोड्ने पुछिघाटको झोलुङ्गे पुल पनि जोखिमपूर्ण अवस्थामा छ । विद्यार्थी र किसानहरूलाई दैनिक आवतजावतमा जोखिम व्यहोरिररहेका छन ।

सुनकोशी गाउँपालिका–६ दीर्घ प्रदिप माध्यमिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने २८ जना विद्यार्थी यही पुलबाट आवतजावत गरिरहेका छन् । त्यसैगरी, किसानहरूले पनि पाकेको धानबाली भित्रयाउन यसै पुलको प्रयोग गर्नुपरेको छ ।

पुलको मर्मत र विकल्पको अभावले गर्दा स्थानीय बासिन्दा र विद्यार्थीहरूले ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य छन् । समस्याको समाधानका लागि सम्बन्धित निकायले शिघ्र कदम चाल्नुपर्ने स्थानीयहरूको माग छ ।

 


, ,

0 comments

Write Down Your Responses