Powered by Blogger.
प्रकाश काेईरालाकाे कबिता : राहत

२-५  किलो चामल
एककिलो दाल
दुई पुरिया बिस्कुट/चाउचाउ
एउटा लाइटर
एकदुई थोक अन्य खात्राकखुत्रुक बाडेर
डिएसएलआर क्यामेरामा
कैद गर्दैछन् गरीबीका आस्थाहरू
नजानेरै वा अभावले थिचिएर
मौन छन् असहाय मान्छेहरू
भोकले थिचिएका मान्छेहरू
अन्न राहत पाएर
दुई दिन  सास धान्न सक्लान्
राहत बाड्नेहरू
गरीबको इज्जत राहतमा पाएर
संसारभर फैलाउदैछन् तस्वीरहरू
आइएनजिओबाट डोनेशन बढ्ने लोभमा
चाँडै महल बनाउने र कार चढ्ने लोभमा
राहत र इज्जत पनि वर्गीय हुन्छ,
लिलामी पनि वर्गीय हुन्छ
खुद राहत शब्दनै सर्माइरहेको छ #
गाेलन्जाेर-६, सिन्धुली/२०७६/१२/२४


, ,

0 comments

Write Down Your Responses