Powered by Blogger.
राष्ट्रिय युवा संघ सिन्धुलीद्वारा भ्रमकाे पछि नलाग्न आग्रह


सिन्धुली १४ जेठ । संगठनमा नभएका ब्यक्तिले जनतासामु भ्रमात्मक गतिविधि गरेको भन्दै राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीले आफुहरूकाे गम्भिर ध्यानाकर्षण भएको  जनाएको छ । राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीका संयोजक देबराज वाइबाले बिहिबार एक प्रेस विज्ञप्ति जारी गरेर भ्रमात्मक गतिविधि गर्ने व्यक्ति संगठनमा नभएको जनाएको हाे ।

राष्ट्रिय युवा संघ नेपाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा २०४७ साल जेठ १ गते स्थापना भएको र निरन्तर रुपमा युवाहरुको हकहित आमजनसमुदायको सरोकारको मुद्दालाई उठान गर्दै आएको भन्दै त्यस्ता गतिविधिको भ्रममा नपर्न विज्ञप्तिमा उल्लेख गरिएको छ। हाल संगठनको आधिकारिक नाम राष्ट्रिय युवा संघ नेपाल रहेको र उक्त संगठनको केन्द्रीय अध्यक्ष बचन बहादुर सिंह रहेको बताइएको छ।


विज्ञप्तिमा भनिएको छ “प्रजातन्त्र र लोकतन्त्रिक गणतन्त्रमा विश्वास गर्ने जो कोहीका लागि निर्वाचन अपरिहार्य र भरपर्दो पद्धति हो । बिगत केहि समयदेखि मुलुकमा विद्धमान राजनीतिक विकृति र बिसंगतिको परिणति स्वरुप बहुमतको नेकपा एमाले नेतृत्वको सरकारमाथि आन्तरिक र बाह्य पार्टिबाट समेत घेराबन्दि गरी विभिन्न अराजनितिक हुँदै आएको छ।”

त्यस्तै विज्ञप्तिमार्फत वर्तमान परिस्थितिको आवश्यकता बमोजिम नै राष्ट्रपतिबाट कार्तिक २६ र मंसिर ३ गते घोषित निर्वाचनमा भाग लिन लोकतन्त्रवादी राजनीतिक पार्टीहरूलाई अपिल समेत गरिएकाे छ ।


, ,

0 comments

Write Down Your Responses