Powered by Blogger.
अनेरास्ववियुद्वारा फुयाललाई कार्बाही, फुयाल भन्छन, कार्बाहीकाे तुक छैन


सिन्धुली, १४ जेठ । नेकपा(एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियले संगठनकाे हित बिपरित काम गरेकाे भन्दै अनेरास्ववियूका निबर्तमान जिल्ला सचिब तथा शिद्दज्याेती शिक्षा क्याम्पस फाेस्रेटारका स्ववियु सभापति दिपेन्द्र फुयाललाई कार्बाही गरेकाे छ । 

सर्बाेच्च अदालतकाे फाल्गुण २३ काे फैसला पछि दुई पार्टी नेकपा(एमाले) र नेकपा(माओबादी केन्द्र) पुर्वबत अबस्थामा फर्किएसँगै सबै जनबर्गीय संगठनहरू पनि पुर्वबत अबस्थामा फर्किएका थिए ।

तर फुयालले संगठनकाे विधि, पद्दतीलाई अस्वीकार गर्दै संगठनकाे हित बिपरित कार्य गरेकाे भन्दै कार्वाहि गरिएकाे छ । 


संगठनले २४ घण्टे स्पष्टीकरण साेधेकाे र ३६ घण्टा बित्दा समेत स्पष्टीकरण प्राप्त नभएका कारण संगठनकाे निर्देशनलाई अटेर गरेका कारण संगठनकाे साधारण सदस्य समेत नरहने गरि कार्वाही गरिएकाे अनेरास्ववियुका जिल्ला अध्यक्ष कृष्ण माेक्तानले जानकारी दिए । 

उता माधब नेपाल पक्षका जिल्लाका बिधार्थी नेता समेत रहेका फुयालले भने अनेरास्वबियुकाे नाममा आफुलाई साेधिएकाे स्पष्टीकरण र कार्वाहीकाे कुनै तुक नरहेकाे जिकिर गरे । उनले विधि र पद्दति आफुले सधै मान्ने तर कम्युनिष्ट पार्टीकाे सदस्य रहेकाले तानाशाह प्रवृति अस्वीकार गर्ने बताए । आफू विधि र पद्दतिकाे लागि लडिरहने समेत बताए ।


, ,

0 comments

Write Down Your Responses