Powered by Blogger.
भारतीय वायु सेनाको लडाकु जहाज दुर्घटना, पाइलटको मृत्यु


सिन्धुली, ७ जेठ । भारतमा वायु सेनाको एउटा लडाकु जहाज दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पञ्जाबको मोगानजिकै बिहीबार राति वायु सेनाको एमआइजी-२१ लडाकु जहाज दुर्घटनामा परेको हो।
तालिमका क्रममा रहेको जहाज  दुर्घटनामा परेको बताइएको छ। दुर्घटनाबारे छानबिन गर्न समिति बनाइएको छ।
यो वर्ष भारतीय वायु सेनाको एमआइजी-२१ लडाकु जहाज दुर्घटनामा परेको यो तेस्रो घटना हो।


,

0 comments

Write Down Your Responses