Powered by Blogger.
मेसीले भने- कोपा अमेरिकाको उपाधि नजितेसम्म खुशी हुन सकिन्न


सिन्धुली १७ जेठ । अर्जेन्टिनाका कप्तान लिओनल मेसीले कोपा अमेरिकामा राम्रो प्रदर्शन गरेर मात्र नहुने र उपाधि जित्नुपर्ने बताएका छन् ।

उनले कोपा अमेरिकाको उपाधि नजितेसम्म खुशी नहुने बताए । स्पेनिस क्लब बार्सिलोनाबाट खेल्ने मेसीले अर्जेन्टिनाको सिनियर टिमबाट अहिलेसम्म कुनै उपाधि जित्न सकेका छैनन् ।

सन् २०२१ को कोपा अमेरिका मेसीको लागि अन्तिम अवसर हुन सक्छ । कोलम्बियालाई सहआयोजकबाट हटाइएपछि अर्जेन्टिनाले अर्को महिना सुरु हुने प्रतियोगिता एक्लै आयोजना गर्ने तयारी थियो । तर दक्षिण अमेरिकी फुटबल महासंघ कन्मेबोलले अर्जेन्टिनामा कोरोना भाइरस बढ्दो रुपमा रहेकाले आयोजकको रुपमा हटाएको छ ।

कोपा अमेरिका अघि अर्जेन्टिनाले विश्वकप छनोट अन्तर्गत दुई खेल चिली र कोलम्बियाविरुद्ध खेल्नेछ ।
‘साथीहरुसँग यहाँ हुन पाउँदा म खुशी छु । यो एकदमै अनौठो र फरक अवस्था हामीले सामना गरिरहेका छौं,’ मेसीले अर्जेन्टिनियन फुटबल एशोसिएसनसँगको कुराकानीमा भने, ‘हाम्रो सामान्य क्याम्प हुन सकेको छैन । हामी विस्तारै सँगै हुँदैछौं, कडा मिहिनेत गर्दैछौं र छनोट खेलका लागि तयार हुँदैछौं ।’
मेसीले आफू उत्साहित रहेको र राम्रो गर्न भोकाएको बताए । ‘म एकदमै उत्साहित छु र राम्रो गर्नको लागि साँच्चै भोकाएको छ । पछिल्लो कोपा अमेरिकामा हामीले राम्रो प्रभाव छोड्यौं तर हामी त्यसैमा मात्र खुशी हुन सक्दैनौं,’ मेसीले भने, ‘हामी राम्रो गर्न चाहन्छौं । हामीले खेलेको पछिल्लो छनोट खेल राम्रो भयो । दुर्भाग्यवस हामीले फेरि सँगै खेल्न नपाएको धेरै समय भयो ।’ मेसीले अहिले राम्रो टिम रहेको र त्यो महत्वपूर्ण भएको बताए ।




, ,

0 comments

Write Down Your Responses