Powered by Blogger.
कोरोना संक्रमणबाट दुई वडा अध्यक्षको मृत्यु



सिन्धुली, २१ जेठ । कोरोना संक्रमणबाट रौतहटको गरुडा नगरपालिकाका दुई वडा अध्यक्षको ज्यान गएको छ ।
रौतहटको गरुडा नगरपालिका वडा -२ गेडहीका वड़ा अध्यक्ष विष्णु देव सहनीको गएराति उपचारको क्रममा मृत्यु भएको हो ।
उनलाई संक्रमण पुष्टि भएपछि विगत १ महिनादेखि काठमाडौंमा उपचाररत थिए ।
यसअघि पनि जेठ ३ गते गरुडा नगरपालिका वडा न. ७ का वडा अध्यक्ष राम ईश्वर राय यादवको मृत्यु भएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौं गएका ५५ वर्षीय यादवको स्वास्थ्य झन जटिल बनेको र उनको निधन भएको गरुडा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलविष्णस देवमले बताए ।



, ,

0 comments

Write Down Your Responses