Powered by Blogger.
ढुग्रेबास हिरापानी कालोपत्रे सडक ६ महिना मै भत्कियो


सिन्धुली, २३ जेठ । कमलामाई नगरपालिकाको लगानीमा निर्माण सम्पन्न भएको वडा नम्बर ४ स्थित ढुग्रेबास हिरापानी कालोपत्रे सडक ६ महिना मै भत्किन थालेको छ । नगरपालिकाको ९३ लाख ९१ हजार ९ सय ९७ रुपैयाँ ९८ पैसा लागतमा ०७७ मंसिरमा श्री कृष्ण दाहाल निमार्ण प्रालि कनपा ६ ले सडक निर्माण गरेको थियो । उक्त सडक ८ मिटर चौडाइको २ सय ६० मिटर पिच र ३ सय ६ मिटर नाला निर्माण गरिएको छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण निर्माण सम्पन्न भएको ६ महिना मै कालोपत्रे सडक चिराचिरा परेर भत्किएको छ । सडक निर्माणमा नगरपालिकाका प्राविधिक साथै ठेकेदारले लापरबाही गरेको स्थानीयले आरोप लगाएका छन् । कालोपत्रे सडक २ सय ६० मिटर पिच गरिएको भनिएता पनि उक्त मिटर भन्दा कम पिच भएको स्थानीयले बताएका छन् ।  कालोपत्रे सडक निर्माणको काम गुणस्तरहीन भएको कमलामाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र ढकालले बताए । आफूले ठेकेदार र सब इन्जिनियर तथा साइड इन्चार्जलाई बारम्बार कालोपत्रे सडक निर्माणमा गुणस्तर सामाग्री प्रयोग गर्न अनुरोध गरे पनि बेवास्ता गरेको उनले बताए । लाखौँ खर्च गरेर निमार्ण सम्पन्न भएको कालोपत्रे सडक ६ महिना मै भत्किएको भन्दै उहाँले तुरुन्त नगरपालिकाको कार्यालयले ठेकेदार कम्पनीसँग समन्वय गरी गुणस्तरीय सडक निर्माण गर्न आग्रह गरे । 

यस्तै उक्त कालोपत्रे सडक ठेकेदार कम्पनीले निर्माण सम्पन्न भएको बताए पनि नगरपालिकालाई हस्तान्तरण नगरेकाले पुर्न सडक मर्मत गर्न निर्देशन दिसकेको नगरपालिकाका योजना शाखा प्रमुख तथा इन्जिनियर विनोद बाबु खकुरालले बताए । उनका अनुसार उक्त सडकको तल्लोभाग चौरीमा रिपेनिङ्ग वाल लगाएको र सडकको खाल्टो पुर्न माटो फिलिङ्ग गरेको कारण फिलिङ्ग गरेको भागको सडक भासिएको हो । यही असार १५ गते सम्म सडक गुणस्तरय बनाउन ठेकेदारलाई अनुरोध गरेको खकुरालले बताए । कालोपत्रे सडक योजना अनुसार २ सय ६० मिटर पिच नभएको सब इन्जिनियर तथा साइड इन्चार्ज लक्ष्मण बस्नेतले बताए । घर भत्किने भन्दै स्थानीयले विरोध गरेको कारण योजना अनुसारको सडक पिच हुन नसकेको उनको भनाई छ ।



, ,

0 comments

Write Down Your Responses