सिन्धुली, २२ असार । साईनिङमुन एकेडेमी विद्यालयले शैक्षिक सत्र २०८१ को एसइई परीक्षामा उत्कृष्ट ग्रेड प्राप्त गरि उत्र्तिण भएका आफ्ना विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ । २०८१ सालको एसइई परीक्षामा विद्यालयबाट सहभागी विद्यार्थीहरु मध्ये विद्यार्थी रोशनी थापाले चार जिपिए प्राप्त गरेकी थिईन ।
उनलाई ३५ हजार नगद सहित आज एक समारोह बीच सम्मान गरिएको हो । विद्यालयबाट एसइई परीक्षामा २२ जना विद्यार्थी सहभागी भएको विद्यालयका प्रिन्सीपल सुनिता क्षेत्रीले बताउनुभयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलको अध्यक्ष तथा कमलामाई वडा नं.५ का वडा अध्यक्ष पुर्ण बहादुर खड्का प्रमुख आतिथ्यतामा भएको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष खड्काले एसइई सकेर अगाडि बढ्दै गरेका भबिष्यका कर्णधार विद्यार्थीहरुको उज्जल भविष्यको कामना गर्दै अझ धेरै प्रगतिको शुभकामना ब्यक्त गर्नुभयो ।
विद्यार्थीहरुको कडा मेहनत र लगनशिलका कारण साईनिङ्गमुन एकेडेमीले उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको बताउँदै प्रिन्सीपल सुनिता क्षेत्री सवै बिद्यार्थीहरुको उज्जल भविष्यको शुभकामना ब्यक्त गर्नुभयो ।
चार जिपिए ल्याएर उत्र्तिण हुँदै नगद सहित सम्मानित हुने विद्यार्थी रोशनी थापाले मेहनत नै सफलताको कडि भएको बताउँदै सबै भाईबहिनीहरुलाई अध्यनमा कडा मेहनत लगाउन आग्रह समेत गर्नुभयो । २०६५ सालमा स्थापना भएको साईनिङमुन एकेडेमीले हाल ८०० विद्यार्थीलार्ई अध्यन गराईरहेको छ ।
२०८१ को एसइई परीक्षा जिल्लाबाट सामुदायीक तर्फ सामुदायीक तर्फ १२३ र संस्थागत तर्फ २२ गरी जम्मा १४५ विद्यालयका ५ हजार ३ सय १५ विद्यार्थी सहभागी भएका थिए । जसमध्ये ४ जिपिए ल्याएर ३ जना र एनजी सहित जम्मा ४ हजार ९ सय ४३ विद्यार्थीहरु उत्र्तिण भएका थिए ।
0 comments
Write Down Your Responses