Powered by Blogger.
लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

बर्दिबास ९ कात्तिक । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास, महोत्तरीबाट खटिएको प्रहरी टोलीले ५३.०३ ग्राम लागूऔषध खैरो हेरोइन सहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार २०८३ कात्तिक ८ गते सिरहाको गोलबजार नगरपालिका–४ बाट पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय गोलबजारमा बुझाइएको छ।

पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–५ निवासी ३१ वर्षीय अजयकुमार यादव र सुखीपुर नगरपालिका–१० निवासी २० वर्षीय अरविन्दकुमार यादव रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ५३.०३ ग्राम खैरो हेरोइन, दुई थान मोबाइल फोन, एक थान डिजिटल तराजु र ओएन टेस्टसहितको यामाहा एफजेड भि–३ मोटरसाइकल बरामद गरेको लागूऔषध नियन्त्रण ब्युराेका सह-प्रबक्ता प्रहरी नायव उपरिक्षक  जीवन निराैलाले जानकारी दिनुभयाे । 

लागूऔषध (नियन्त्रण) ऐन, २०३३ मा रहेको सजायसम्बन्धी प्रावधानअनुसार बरामद लागूऔषधको परिमाण र प्रकृतिका आधारमा कैद तथा जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासकाे सक्रियतामा पछिल्लाे समय लागुओैषध काराेवारीकाे नियन्त्रणमा ब्यापकता पाएकाे छ । पुर्व पश्चिम राजमार्ग / बिपि राजमार्ग तथा तराईका जिल्लामा लागू ओैषध काराेवारी दैनिक जसाे  ब्युराेले नियन्त्रणमा लिने गरेकाे छ ।


, ,

0 comments

Write Down Your Responses