Powered by Blogger.
भुकम्प प्रभावित १० विद्यालयलाई त्रिपाल सहयोग

राजन गाउले
सिन्धुली ३१, जेठ – जिल्लाका भुकम्प प्रभावित १० विद्यालयको अस्थायी कक्षाकोठा निर्माणका लागि त्रिपाल सहयोग गरेको छ । 

जिल्लाका दश अति भुकम्प प्रभावित विद्यालयलाई सहयोग गर्ने गरी सिपिसिएस काठमाडौँले जिल्ला शिक्षा कार्यालय सिन्धुलीलाई उक्त त्रिपाल सहयोग गरेको हो ।

उच्च माध्यमिक विद्यालय कपिलाकोट, उमावि दुम्जा, उमावि मझुवा दोभान, उमावि क्यानेश्वर, मावि नक्कली, मावि कात्तिके लगाएत १० विद्यालयलाई वितरण गर्नेगरी सिपिसिएसले त्रिपाल सहयोग गरेको जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले जानकारी दिए ।

विनासकारी भुकम्प पछि विद्यालय सञ्चालनमा समस्या भएको भन्दै सिपिसिएसले प्रति विद्यालयलाई ४ कक्षाकोठा वरावरको त्रिपाल सहयोग गरेको हो । कक्षा कोठा ध्वस्त भएका विद्यालयमा अहिले अस्थायी सिकाई केन्द्र स्थापना गरेर कक्षा सञ्चालन भई रहेको छ ।

जिल्लाका साँच सय ७७ विद्यालय मध्ये चारसय ४८ विद्यालयको कक्षाकोठा भुकम्पका कारण ध्वस्त भएका छन् । ‘हाल अस्थायी कक्षाकोठा निमाृण गरेर विद्यालय सञ्चालनमा ल्याइएको भएपनि वर्षा र हावाहुरीले त्रिपालमा पनि क्षेती पु¥याइसकेको अवस्थामा प्राप्त त्रिपालले दैनिक पठन पाठनमा सहयोग पुग्ने भएको छ,’ जिल्ला शिक्षा अधिकारी खड्काले भने ।


, , , , , , , , , , , , ,

0 comments

Write Down Your Responses