Powered by Blogger.
आइतबार बिहान नुवाकोटमा धक्का


काठमाडौँ ,३१ जेठ – आइतबार बिहान नुवाकोट केन्द्रबिन्दु भएको भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर ५९ मिनेटमा ४.२ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का नुवाकोट, रसुवा, धादिङ र काठमाडौं उपत्यकासम्म महसुस भएको थियो । 

शनिबार बिहान ७ बजेर ३ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ५.२ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो । त्यसअघि शुक्रबार पनि भूकम्प गएको थियो । 

वैशाख १२ को विनाशकारी भूकम्पपछि निरन्तर परकम्पन जाने क्रम जारी छ । अहिले सिन्धुपाल्चोक, नुवाकोट र दोलखालाई केन्द्रबिन्दु बनाएर धेरै भूकम्प गइरहेका छन् । 


, , , , , , , , , , , , ,

0 comments

Write Down Your Responses