Powered by Blogger.
आगो लाग्यो संविधानको मस्यौदामा

बुद्धकुमार आछामी 
सिन्धुली/२६ असार/ नयाँ संविधानको मस्यौदा जनविरोधी भएको भन्दै नेकपा–माओवादी नेतृत्वको ३० दलीय मोर्चाले आज देशभर संविधानको मस्यौदामा आगो लगाएर विरोध जनाएको छ । 
देशव्यापी मस्यौदा जलाएर विरोध गर्ने ३० दलीय मोर्चाको पुर्व निर्धारीत कार्यक्रम अनुसार आज सिन्धुलीमाढीमा पनि नेकपा–माओवादी नेतृत्वको मोर्चाले लोकतान्त्रिक चोकमा जम्मा भएर मस्यौदा जलाएको हो । 
मस्यौदा जलाउँदै ३० दलीय मोर्चाका नेता तथा कार्यकर्ताहरु 
मस्यौदामा आगो लगाउँदै उनीहरुले अहिले बन्न लागेको संविधानले जनताको अधिकारलाई सुरक्षित नगर्ने र जनविरोधी संविधान भएका कारण मस्यौदामा आगो लगाएर विरोधको कार्यक्रम सुरु गरिएको जनाएका छन । सरकारले आफ्नो आन्दोलनलाई वेवास्ता गर्दै यहि मस्यौदालाई सुधार नगरी संविधानको रुपमा जारी गरेमा आफुहरु अर्को भिषण आन्दोलनको आधिवेहरी सिर्जना गर्न बाध्य हुनुपर्ने बताएका छन । 
मस्यौदा जलाउँदै ३० दलीय मोर्चाका नेता तथा कार्यकर्ताहरु 


, , ,

0 comments

Write Down Your Responses