Powered by Blogger.
गाउँका गरिब दुःखीहरुको साहारा बन्दै थापा

बुद्धकुमार आछामी
सिन्धुली–बिनासकारी भुकम्पबाट पीडित भएका सिन्धुलीबासीहरुलाई बितरणका विभिनन् ठाउँबाट जिल्लामा राहत संकलन गर्ने कार्यमा निक्कै अगाडि रहेर सिन्धुली जिल्लामा निक्कै चर्चामा रहेका राप्रपाका केन्द्रिय सदस्य तथा समाजसेवी उज्जवल विक्रम थापा पुर्ननिर्माणको कार्यमा पनि उत्तिकै सक्रिय देखिएका छन । 

बिनासकारी भुकम्पले सिन्धुलीबासीलाई निक्कै पिडा दियो । त्यो पीडामा मलमपट्टी गर्न आ–आफ्नो योग्यता र हैसीयत अनुसार सवैपक्ष क्रियाशिल नै रह्यो । सबैले आफ्नो योग्यता र हैसीयत अनुसार राहत रकम र राहत सामाग्रीहरुको संकलन गर्ने काम गरे । पीडितहरुका लागी उपलब्ध गराएको राहत सामाग्रीहरुको आधारमा हेर्ने हो भने समाजसेवी उज्जवल विक्रम थापा यसपटक भने सवैभन्दा योग्यता पुगेका र सवैभन्दा माथि हैसीयत भएका नेताको रुपमा सिन्धुली जिल्लामा स्थापित भए । 
थापाको एक्लो पहलमा पटक–पटक गरी करोडौं मुल्य बराबरको राहत सामाग्रीहरु जिल्ला भित्रीयो र पीडीतहरुलाई वितरण गर्ने काम भयो जुन कुरा सिन्धुली जिल्लाको सन्दर्भमा असाध्यै स्मरणीय र सम्माननीय कार्यको रुपमा स्थापीत भएको छ । 
राहत वितरणको कार्य सकिए लगतै थापा जिल्लाका गरीब दुखी र बृद्धहरुको घर टहरा निर्माणमा जुटेका छन । थापाले जिल्लाका विभिनन् गाविसमा पुगेर वेसाहारा भएका झण्डै एक दर्जन परिवारको घर निर्माणको काम सकिसकेका छन । 
थापाले बेसाहारा भएका, आफ्नो घर बनाउन नसक्ने अवस्थामा रहेका बृद्धबृद्धाहरुको घर निर्माण गर्ने कामलाई यतिवेला प्राथामिकतामा राखेर काम गरीरहेका छन । 
बिनासकारी भुकम्प पछिको राहत र पुर्ननिर्माणको कार्यमा निक्कै सक्रिय रुपमा क्रियाशिल रहेका समाजसेवी थापा भन्छन, ‘राजनीतिक कुरा दोश्रो विषय हो, यतिवेला पहिलो विषय भनेको एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्ने बेला हो ।’
राजनैतिक हिसाबले थापा राप्रपाको नेता हुन तर भुकम्पको चपेटामा परेका नेपालीहरुको बीचमा कसैले राजनीति गर्न नहुने उनको भनाई छ । 


, ,

0 comments

Write Down Your Responses