Powered by Blogger.
जिल्लामा बनमुद्धाको संख्या बढ्दै

सिन्धुली–पछिल्लो समय जिल्लामा अबैद्य रुपमा बन फडानी गर्ने क्रमको बृद्धिसँगै जिल्ला बन कार्यालयमा बन मुद्धाको संख्या पनि बढ्दै गएको पाइएको छ । 
पछिल्लो तीन बर्षमा १४ वटा बन मुद्धा दर्ता भएको र ४२ बटा मुद्धाहरु अनुसन्धानको क्रममा रहेको जिल्ला बन कार्यालय सिन्धुलीले जनाएको छ । १४ वटा बनमुद्धाका ५५ जना दोषीहरुले तारिक खेपीरहेका छन भने अनुसन्धानको क्रममा दर्जनौं व्यक्तिहरु रहेको कार्यालयले जनाएको छ । 
विगतको बर्षहरुमा भन्दा पछिल्लो समय मुद्धा दर्ता बढ्दै गएको जिल्ला बन कार्यालय मुद्धा शाखाका खिल बहादुर दलार्मीले बताए । आर्थिक बर्ष २०७१÷०७२ मा मात्र ६ वटा मुद्धा दर्ता भएका छन । महाभारत क्षेत्रमा भन्दा चुरे क्षेत्रमा बढी बन फडानी हुने गरेको मगरले बताए । 
पछिल्लो समय बन फडानी गरेर आन्तरिक सहमती हुन नसकेपछि उजुरी बढ्दै आएको हो । जिल्लामा पछिल्लो समय उच्च तहका व्यक्तित्वहरुको समेत बन फडानी गर्ने धन्दामा लाग्न थालेपछि यसको रहस्य खुल्दै गएको हो । 

जिल्ला बन कार्यालय सिन्धुलीका अनुसार सामुदायिक बन भएसँगै स्थानिय नेता तथा कार्यकर्ताको आडमा बन मास्नेहरु बढेका छन् ।
माढीबजारकै भविष्य निर्माता उमाविको भवन गत बैशाख १२ गते गएको बिनाशकारी भुकम्पले भत्काएपछि अस्थाई भवन बनाउने नाममा जिल्लाका एमाले नेताहरुनै बन फडानीमा सामेल भएको गुनासो आएपछि एमालेका जिल्ला स्तरका नेताहरुलाई नै अनुसन्धानको दायरामा राखिएको जिल्ला बन कार्यालयका निमित्त कार्यालय प्रमुख राजेन्द्र जैसवालले बताए ।
जिल्लाको कुल क्षेत्रफल मध्ये झन्डै ६४ प्रतिशत अर्थात १ लाख ५८ हजार ७७२ हेक्टर क्षेत्रफल बन क्षेत्रले ओगटेको सरकारी तथ्याङक छ । तथ्याङक अनुसार  ४३० सामुदायीक बन, ४१४ कबुलियती बन रहेको छ । 
जिल्ला भित्र रहेको कुल बन क्षेत्रको १० हजार हेक्टर भन्दा वढी जंगल फडानी गरी बस्ती बसालिएको बन कार्यालयले जनाएको छ भने पछिल्लो समय बनक्षेत्रको फडानी गरी दिनानु दिन राष्ट्रिय बन सक्दै जाने काम भइरहेको छ । आगामी दिनमा यस्लाई नियन्त्रण गरी बनक्षेत्रमा फडानी गरी बसेको बस्तीको उचित व्यवस्थापन गर्न र बनलाई संरक्षण गर्न सरोकारवाला निकाय स्थानीय प्रशासन, राजनैतिक दल र स्थानीयवासीहरु जागरुक भएर लाग्नु पर्ने आवश्यकक्ता देखिएको छ । 


,

0 comments

Write Down Your Responses