Powered by Blogger.
प्रहरी चौकी निमार्णगर्न ७५ लाख मुल्यको जग्गा प्रदान

नबिनबाबु अधिकारी
सिन्धुली/साउन ७ / सिन्धुलीमा प्रहरी चौकी निमार्ण गर्न ७५ लाख मुल्य बराबरको २ कठ्ठा १० धुर जग्गा प्रहरीलाई उपलब्ध भएको छ । 
बिहिवार सिन्धुलीमाढीमा आयोजित एक कार्यक्रमका विच प्रहरी चौकी निमार्णकै लागि जग्गा उवलब्ध गराईएको हो । सिन्धुलीको कमलामाई नगरपालीका ९ ढुग्रेवासमा प्रहरी चौकी निमार्ण गर्न वकेश्वर महादेव मन्दिरको नाममा रहेको जग्गा मध्येबाट सो जग्गा दिईएको हो । वकेश्वर महादेव मन्दिर संरक्षण समितिले ढुङग्रेवासमा शान्ती र सुरक्षालाई अज वजबुद बनाई नागरीक र प्रहरी वीचको सम्बन्धमा विस्तारमा सकरात्मक सोच प्रवाह गर्न जग्गा दिइएको बताएको छ । 
आज भएको कार्यक्रममा स्थानीय बुद्धिजिविहरुले २ कठ्ठा १० धुर जग्गाको मुल्य ७५ लाख भुल्याङ्कन गरेको संरक्षण समितिका अध्यक्ष भिष्मराज श्रेष्ठले जानकारी दिनुभयो । वकेश्वर महादेव मन्दिर संरक्षण समितिले प्रदान गरेको जग्गामा जिल्ला दैवि प्रकोप उद्धार समितिले ३ सय जना अट्ने ट्रस्ट निमार्ण गरिदिने बताइएको छ । यसैविच उक्त खाली रहेको जग्गामा च्याउँकोट सामुदायिक वन उपभोक्ता समितिले तत्कालै बृक्षरोपाण गरिदिने भएको छ ।


,

0 comments

Write Down Your Responses