Powered by Blogger.
सिन्धुलीमा विप्लब माओवादीका कार्यकर्ता प्रहरी नियन्त्रणमा

बुद्धकुमार आछामी
सिन्धुल/७ श्रावण/‘लिपुलेक हाम्रो हो, राष्ट्रघाति सम्झौता खारेज गर, १६ बुँदे सहमति खारेज गर भन्ने नारा सहित शान्तिपूर्ण रुपमा देशव्यापी आन्दोलनमा उत्रिएको विप्लब माओवादी सिन्धुलीका कार्यकर्तालाई विहिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । 
लाेकतान्त्रीक चाैकमा बिहिबार तैनाथ गिरएकाे प्रहरी 
विप्लब माओवादीले भोली देशव्यापी रुपमा आयोजना गरेको नेपाल बन्दलाई असफल बनाउन सिन्धुलीमाढी बजारमा सामान्य रुपमा नै हिडडुल गरिरहेका विप्लब माओवादीका कार्यकर्तालाई प्रहरीले खोजी खोजी नियन्त्रणमा लिएको हो । 
प्रहरी नियन्त्रणमा पर्नेमा विप्लब माओवादीका जिल्ला सचिवालय सदस्य बर्तमान राई दनुवार(शशी) र विप्लब माओवादी निकट अखिल(क्रान्तिकारी)को जिल्ला नेता मनकुमारी आछामी रहेका छन । 
राईलाई लोकतान्त्रिक चौक र आछामीलाई रातमाटाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा रहेका उनीहरुलाई अहिले सम्म प्रहरीले छाडेको छैन । 
लाेकतान्त्रिक चाैकमा प्रहरी
उता विप्लब माओवादीका जिल्ला सेक्रेटरी विनोद दाहालले राज्यले शान्तिपूर्ण रुपमा आफ्नो पार्टीले गरेको राष्ट्रियताको आन्दोलनमा दमन गर्ने कोशीस गरेको बताएका छन । आफ्ना जिल्ला तहका नेताहरुलाई सामान्य रुपमा हिडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर तानाशाही चरित्र प्रदर्शन गरेको दाहालले बताए । 
उता नियन्त्रणमा लिएको विषयमा बुझ्न जिल्ला प्रहरी प्रमुख श्याम कुमार महतोसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।  


, ,

0 comments

Write Down Your Responses