Powered by Blogger.
सिन्धुलीमा बन्दकर्ता विना नै बन्द ? (फोटोसहित)


सिन्धुली, साउन ८ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा–माओवादीले आह्वान गरेको नेपाल बन्दको प्रभाव सिन्धुलीमा पनि परेको छ । जिल्लाका मुख्य राजमार्ग भएर आवत–जावत गर्ने सवारी साधनहरु यतिबेला पूर्ण रुपमा ठप्प छन् । लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेको छैनन् । एम्बुलेन्स तथा छिटपुट रुपमा मोटरसाईकल बाहेकका सवारीहरु सडकमा देखिन्नन् ।
बन्दलाई मध्यनजर गर्दै सिन्धुलीमा सुरक्षा व्यावस्था कडा पारिएको छ । चोक–चोकमा सुरक्षाकर्मी खटिएका छन् । तर, बन्द गर्ने कार्यकर्ता भने कतैपनि देख्न पाइएको छैन् । बन्द गराउने कार्यकर्ता नदेखिएपनि सडक भने पूर्ण रुपमा बन्द छ ।
बन्द आह्वान गरिएकाले बन्दको प्रभाव पूर्ण रुपमा परेको छ । बन्द विहान ५ बजेदेखि साँझ ६ बजेसम्म बन्द रहने जनाइएको छ ।
माओवादीले नेपाली भूमि लिपुलेक हाम्रो हो भन्दै सरकारलाई दवाब दिन नेपाल बन्दको आह्वान गरेको जानकारी दिएको छ । चीन र भारतले नेपाली भूमि लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमति गरेपनि विप्लव माओवादीले यसको विरोध गर्दै आइरहेको छ । नेपाली भूमिलाई कब्जा गरेर नेपालमाथि धावा बोलेको भन्दै विरोधस्वरुप एक दिनका लागि नेपाल बन्द आह्वान गरिएको नेकपा माओवादीले जनाएको छ ।


, ,

0 comments

Write Down Your Responses