Powered by Blogger.
सिन्धुलीमा पिकअप जिप दुर्घटना: एकको मृत्यु


सिन्धुली, ९ साउन। बिपि राजमार्ग अन्तरगत  सिन्धुलीको सुनकोशी गाउँपालिका–६ स्थित सितलपाटी नजिकै आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बा.प्र.०१–०२४च ९९१३ नम्बरको जिप काठमाडौँबाट बर्दिबासतर्फ जाँदै गर्दा राति करिब १२.३० बजे सडकबाट झण्डै ५०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेका चालक मकवानपुर मनहरी गाउँपालिका–४ निवासी निरज रेग्मी गम्भीर घाईते भएकाे र उक्त पिकअप जिपमा सवार चालकका दाजु धर्मराज रेग्मीकाे मृत्यू भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुर्य प्रकाश सुबेदीले जानकारी दिनुभयाे ।

घाईते चालक रेग्मीकाे  सुनकोशी सामुदायिक अस्पताल, खुर्कोट प्रारम्भिक उपचारपछि  थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जनाईएकाे छ । 

मृतककाे शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याईएकाे  र घटनाकाे थप अनुसन्धान भइरहेको प्रहरीको जनाएकाे छ।


,

0 comments

Write Down Your Responses