ओमान पहिलो पटक टी–२० विश्वकपका लागि छनोट
८ साउन, काठमाडौं । ओमान पहिलो पटक टी–२० विश्वकपका लागि छनोट भएको छ । बिहीबार राति भएको टी–२० विश्वकप छनोटको प्ले अफमा नामिबियालाई ५ विकेटले पराजित गर्दै ओमान विश्वकपका लागि छनोट हुने अन्तिम टोली बनेको हो ।

आयरल्याण्ड र स्कटल्याण्ड समूहको शीर्ष स्थानमा रहँदै सोझै विश्वकपका छनोट भए ।नेदरल्याण्ड, हङकङ, अफगानिस्तान र ओमानले प्ले अफ खेल्दै विश्वकपमा स्थान बनाएका छन् ।
विश्वकपमा स्थान बनाउन नामिबियाले प्रस्तुत गरेको १४९ रनको लक्ष्य ओमानले अन्तिम ओभर खेल्नु अघि ५ विकेटको क्षतिमा भेट्टायो ।
उसका लागि जिशान अहमदले ३२ बलमा छ चौका र दुई छक्कासहित अविजित ५१ रनको म्याच विनिङ पारी खेले । जितेन्द्र सिंहले ३३ र जिशान मकसुदले २८ रनको योगदान दिए ।
यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले स्टिफन बार्टको ६२ रनको मदतमा २० ओभरमा ९ विकेट गुममाएर १४८ रन बनाएको थियो ।
0 comments
Write Down Your Responses