Powered by Blogger.
सुनको भाउ अझै ओर्लियो, ४७ हजार २ सयमा किनबेच

८ साउन, काठमाडौं । सुनको भाउ ओरालो लाग्ने क्रम जारी रहेको छ । साताको अन्तिम दिन शुक्रबार स्थानिय बजारमा सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार बजारमा सुनको भाउ तोलाको ४७ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । जुन भाउ चार वर्ष यताकै सबैभन्दा कम हो ।
बुधबार सुनको भाउ तोलामा १५ सय रुपैयाँ घटेर ४८ हजारमा किनबेच भएको थियो । बिहीबार भने सुनको भाउ स्थि रहृयो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरालो लागेपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो । साथै नेपाल सरकारले साउनदेखि सुनको आयात भन्सार दर प्रतिदश ग्राम हजार रुपैयाँ घटाएपछि सुन झनै सस्तिन पुगेको हो ।
अन्तर्राष्ट्रिय बजार विश्लेषकहरु सुनको भाउ प्रतिऔंश हजार डलरमा झर्ने अनुमान गरिरहेका छन् । यसो भएमा नेपाली बजारमा सुनको भाउ ४६ हजार रुपैयाँ तल झर्ने निश्चित छ ।
शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर किनबेच भएको छ । बिहीबार तोलाको ६ सय ६५ रुपैयाँमा किनबेच भएको चाादी शुक्रबार ६ सय ६० रुपैयाँमा झरेको छ ।


,

0 comments

Write Down Your Responses