Powered by Blogger.
पूर्व पत्नीको अनुहार मिल्ने निजी सहयोगीसँग विवाह गर्दै टम क्रुज

(एजेन्सी) ५३ वर्षीया हलिउड अभिनेता टम क्रुज यतिबेला आफ्नै सहायकसँग प्रेममा फसेका छन् । उनकी ब्रिटिस पिए इमिली थोमस केवल २२ वर्षकी भइन् ।
‘मिसन इम्बोसिबल’ चलचित्रको नयाँ शृंखला सुरु गर्नुअघि क्रूजले उनलाई सहायकमा गत वर्ष नियुक्त गरेका थिए । यो शृंखलाको नयाँ भाग आगामी साता रिलिज हुनेछ ।


चलचित्रको रिलिज हुनासाथ क्रूजले इमिलीलाई विवाहको प्रस्ताव राख्ने सोच बनाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् । उनले चौथो पटक विवाह गर्न लागेका हुन् । क्रूजका प्रवक्ताले भने उनको निजी जीवनका सम्बन्धमा प्रतिक्रिया दिन आवश्यक नरहेको प्रतिक्रिया दिएका छन् ।
क्रुजले सन् १९९० मा पहिलो पटक मिमी रोजर्ससँग सम्बन्ध विच्छेद गरेका थिए । त्यसपछि निकोल किडम्यानसँग उनको सम्बन्ध कायम रह्यो । किडम्यानसँग पनि क्रूजले सन् २००१ मा सम्बन्ध विच्छेद गरे । क्रूजले ६ वर्षको प्रेम सम्बन्धपछि ३६ वर्षीया केटी होल्मेसलाई भित्र्याएका थिए । तर तेस्री श्रीमतीसँगको सम्बन्ध पनि लामो समय टिकेन ।
अचम्मलाग्दो कुरा त अहिलेकी क्रूजकी प्रेमिकाको अनुहार होल्मेससँग मिल्दोजुल्दो छ । त्यसैले पनि हलिउड स्टार उनीसँगको प्रेममा फसेको हुनसक्ने अनुमान धेरैले लगाएका छन् ।
भेटेको छोटो समयमै महिलासँग प्रेममा फस्ने गरेपनि क्रूजको सम्बन्ध लामो समय टिक्ने गरेको छैन् ।


,

0 comments

Write Down Your Responses