Powered by Blogger.
सुचनाको हक सम्बन्धी अभिमुखीकरण सम्पनन्

बुद्धकुमार आछामी
सिन्धुली– सुचनाको हक सम्बन्धी १ दिने अभिमुखीकरण तालिम बिहीबार सिन्धुलीमाढीमा सम्पनन् भएको छ । जिल्ला विकास समिति अन्र्तगत स्थानीय शासन तथा सामुदायीक विकास कार्यक्रमले आयोजना गरेको अभिमुखीकरणको उदघाट्न प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले गरेका थिए । 
कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी तथा प्रशिक्षक 
स्थानीय विकास अधिकारी प्रदिप कुमार निरौलाको अध्यक्षतामा उदघाटन भएको अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय सुचना आयोगका उपसचिब बेदनीधी अधिकारीले सहभागीहरुलाई सुचनाको हकसम्बन्धी ऐनको विभेचना र कार्यान्वयनमा सार्वजनिक निकायका कार्यालय प्रमुख, सुचना अधिकारीहरुको दायीत्व र भुमीकाको बारेमा जानकारी गराएका थिए । 
गाविस सचिब, विभिनन् संघ सस्थाका प्रमुख तथा प्रतिनीधी र कर्मचारीहरु सहभागी कार्यक्रममा राष्ट्रसेवक कर्मचारीहरुले सुचना लुकाउन नहुने र सेवाग्राहीलाई सहज तरिकाले सुचना दिनुपर्ने कुरामा अभिमुखीकरणमा जोड दिइएको थियो । सुचनाको हकले नै लोकतन्त्रलाई बलियो बनाउने भएकाले लोकतन्त्रलाई बलियो बनाउन सुचनाको हकलाई पनि फराकिलो बनाउनु पर्ने चर्चा गरिएको थियो । 
कार्यक्रममा सहभागीहरु 
सुचनाको हक सम्बन्धी ऐन नियमावली र कार्यविधीको बारेमा जिम्मेवार निकायका प्रमुखहरुलाई नै जानकारी नहुँदा सर्वसाधारणमा सहि ढंगले सुचना प्रवाह हुन नसकेका कारण गाउँ विकास समितिका सचिब र गैर सरकारी संस्थाका प्रमुखहरुलाई अभिमुखीकरण गरिएको जिल्ला विकास समिति सिन्धुलीले जनाएको छ । 
अभिमुखीकरण कार्यक्रममा कार्यक्रमको बजेट र खर्च विवरणको बारेमा समेत सहभागीहरुलाई पुर्व जानकारी गराइएको थियो । जिल्ला विकास समिति र जिल्लाका हरेक सरकारी कार्यालयहरुले सञ्चालन गर्ने कार्यक्रमहरुको बारेमा सेवाग्राहीलाई यसरी नै पुर्व जानकारी गराउन सकेमा सुचनाको हक सम्बन्धी अभिमुखीकरण कार्यक्रम प्रभावकारी भएको सावित हुने थियो । 



,

0 comments

Write Down Your Responses